सातवटा भन्सारमा प्रभुको काउन्टर रहने 

खरीबोट

काठमाडौं । प्रभु बैंकले सातवटा भन्सार कार्यालयमा बैंकको काउन्टर राख्ने भएको छ । सरकारले केही समयअघि स्तरोन्नति गरेको नेपाल–भारत सीमामा रहेका ७ भन्सार कार्यालयहरुमा बैंकले काउण्टर खोली बैंकिङ कारोबार सुरु गर्ने भएको हो । 

यससम्बन्धी सम्झौतामा बुधबार एक कार्यक्रमकाबीच भन्सार विभागका महानिर्देशक तोयम राया र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच हस्ताक्षर भएको बैंकले जनाएको छ । 

झापाको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा बैंकले अर्को हप्तादेखि बैंकको काउण्टरहरु संचालनमा ल्याई सेवा प्रारम्भ गर्नेछ । 

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतिसँगै उक्त क्षेत्रमा आयातनिर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजस्व संकलनको आँकडामा वृद्धि हुने विश्वास लिईएको छ । 

सम्बन्धित समाचार

आयल निगम परिसरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर 

बारा । प्रभु बैंकले बारा जिल्लाको अमलेखगञ्जस्थित नेपाल आयल निगल लिमिटेडको परिसरमा बैंकको बिरगञ्ज शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ ।  नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदिप कुमार

डडेलधुराको नवदुर्गामा प्रभु बैंकको नयाँ शाखा 

काठमाडौँ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गाउँमा बैंकिङ्ग पहुँच पुर्याउने क्रममा प्रभु बैंक लि.ले डडेलधुरा

मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कोष र प्रभु बैंकबीच सम्झौता 

काठमाडौँ । प्रदेश नं. २ स्थित मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र प्रभु बैंक लिमिटेडका विच मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमा-मुद्दती बचत कार्यक्रम कार्यान्वयन सम्बन्धी

प्रभु बैंकको सिईओमा शेरचन पुनः नियुक्त

काठमाडौँ । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन पुनः नियुक्त भएका छन् । कार्यकाल सकिन केहि दिन मात्रै बाँकी हुँदा बैंक सञ्चालक समितिले शेरचनलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति


z