• २०८१ बैशाख ८ शनिबार

सातवटा भन्सारमा प्रभुको काउन्टर रहने 

kharibot

काठमाडौं । प्रभु बैंकले सातवटा भन्सार कार्यालयमा बैंकको काउन्टर राख्ने भएको छ । सरकारले केही समयअघि स्तरोन्नति गरेको नेपाल–भारत सीमामा रहेका ७ भन्सार कार्यालयहरुमा बैंकले काउण्टर खोली बैंकिङ कारोबार सुरु गर्ने भएको हो । 

यससम्बन्धी सम्झौतामा बुधबार एक कार्यक्रमकाबीच भन्सार विभागका महानिर्देशक तोयम राया र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच हस्ताक्षर भएको बैंकले जनाएको छ । 

झापाको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा बैंकले अर्को हप्तादेखि बैंकको काउण्टरहरु संचालनमा ल्याई सेवा प्रारम्भ गर्नेछ । 

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतिसँगै उक्त क्षेत्रमा आयातनिर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजस्व संकलनको आँकडामा वृद्धि हुने विश्वास लिईएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै