ए डिभिजन लिगमा जावलाखेलमाथि मनाङको संघर्षपूर्ण जित, लिगको शिर्ष स्थानमा कायमै  

खरीबोट

काठमाडाैं। शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदीले लगातार छैटौ जित हासिल गरेको छ । बुधबार भएको खेलमा मनाङले जावलाखेलमाथि १-० गोल अन्तरको जित हासिल गरेको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा खेलको ६०औं मिनेटमा जावलाखेलका एडामा दुम्बियाले मनाङका अफिज ओलावालेलार्इ डिबक्समा लडाएपछि मनाङले पाएको पेनाल्टीलाई अञ्जन बिष्टले गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस लिगमा अन्जनको यो पाँचौ गोल हो ।

जारी लिगमा अपराजित रहेको मनाङ ६ खेलबाट १८ अंक बनाउदै लिगको शीर्ष स्थानमा कायमै रहेको छ । जावलाखेलको भने यस लिगमा यो चौथो हार हो । जावलाखेलको ६ खेलमा ४ अंकसहित लिगको ११औ स्थानमा रहेको छ। 

सम्बन्धित समाचार

मछिन्द्रलाई हराउदै मनाङ्ग लिगको शिर्ष स्थानमा फर्कियो 

काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ्ग मर्स्याङदी क्लबले मछिन्द्र क्लबमाथि संघर्षपूर्ण जित हासिल गरेको छ। सोमबार भएको खेलमा मनाङ्गले मछिन्द्रलाई १-० गोल अन्तरले पराजित गरेको हो।  पहिलो हाफमा बिना

ब्रिगेड ब्वायजमाथि आर्मीको संघर्षपूर्ण जित

काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टिम आर्मी क्लबले ब्रिगेड ब्याइजमाथि १-० को संघर्षपूर्ण जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आर्मी खेलको सुरुवातदेखि नै आक्रामक खेले

ए डिभिजन लिगमा थ्रीस्टार र च्यासल विजयी, थ्रीस्टार शिर्ष स्थानमा उक्लियो 

काठमाडौं। शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लबलाई हराउँदै थ्रीस्टार क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरका दुई प्रतिद्वन्द्वीबीचको खेलमा थ्रीस्टार २–० गोल अन्तरले विजयी

ए डिभिजन लिगमा सरस्वतीमाथि एपीएफको सहज जित

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको खेलमा विभागीय टिम एपीएफले जित हासिल गरेको छ । सात दोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपीएफका रुपबहादुर लामाको दुई गोलको मद्धतले


z