काठमाडाैं। शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदीले लगातार छैटौ जित हासिल गरेको छ । बुधबार भएको खेलमा मनाङले जावलाखेलमाथि १-० गोल अन्तरको जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा खेलको ६०औं मिनेटमा जावलाखेलका एडामा दुम्बियाले मनाङका अफिज ओलावालेलार्इ डिबक्समा लडाएपछि मनाङले पाएको पेनाल्टीलाई अञ्जन बिष्टले गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस लिगमा अन्जनको यो पाँचौ गोल हो ।
जारी लिगमा अपराजित रहेको मनाङ ६ खेलबाट १८ अंक बनाउदै लिगको शीर्ष स्थानमा कायमै रहेको छ । जावलाखेलको भने यस लिगमा यो चौथो हार हो । जावलाखेलको ६ खेलमा ४ अंकसहित लिगको ११औ स्थानमा रहेको छ।