• २०८१ बैशाख ७ शुक्रबार

फोब्र्सको धनी बलिउड सेलिब्रेटी सूचीमा सलमान खान पहिलो, दीपिका पनि टप ५ मा 

kharibot

बलिउड । बलिउडका सुपरस्टार सलमान खान बलिउड सेलिब्रेटीमध्ये सबैभन्दा धनी रहेको फोब्र्सले जनाएको छ । फोब्र्सको २०१८ को धनाढ्य १०० भारतीय कलाकारमध्ये सलमानले तेस्रो वर्ष पनि आफ्नो स्थान जोगाएका हुन् । 

उता शाहरुख खान भने टप १०बाट बाहिरिएका छन् । कलाकारहरुको फिल्म–कला क्षेत्रको आम्दानीअनुसार फोब्र्सले भारतीय कलाकारको र्यांकिंग बनाएको हो । अक्टोबर १, २०१७ देखि सेप्टेम्बर ३०, २०१८ सम्मको अवधिमा सलमानले २ अर्ब ५३ करोड भारु कमाएका थिए ।

५२ वर्षका यी सेलिब्रेटीका फिल्महरु टाइगर जिन्दा हैं, रेस३ सफल भएको थियो । यस्तै क्रिकेटर विराट कोहली २२८ करोड भारु कमाउँदै दोस्रो नम्बरमा हुँदा अक्षय कुमार १ सय ८५ करोड भारु कमाउँदै तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै ११२ करोड आर्जन गर्दै दीपिका पादुकोण चौँथो नम्बरमा, क्रिकेटर महेन्द्रसिंह धोनी १०१ करोड कमाउँदै पाँचौँ नम्बरमा रहेका छन् । 

पोहोर टप १० भित्र परेका शाहरुख खान भने ३३ प्रतिशत कमाइ गुमाउँदै १३ औँ नम्बरमा पुगेको फोब्र्सले जनाएको छ । छैँटौँ नम्बरमा आमिर खान ९७ करोड, सातौँ नम्बरमा अमिताभ बच्चन, ९६ करोड,  आठौँ नम्बरमा रणवीर सिंह ८४ करोड, क्रिकेटर सचिन तेन्दुलकर ८० करोडसहित नवौँमा हुँदा अजय देवगनले ७४ करोड कमाइ गर्दै दशौँ स्थानमा अटाएका छन् ।

यसपटक बलिउडबाट ३१ जना सेलिब्रेटी पर्दा साउथ इण्डियन फिल्म क्षेत्रबाट १७ जना १०० कलाकारमा अटाएको जनाइएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै