सेयर बजारका सबै सूचक राता, कारोबार रकम पनि ओर्लियो

खरीबोट

काठमाडौं । अघिल्लो दिन दोहोरो अंकले बढेको सेयर बजार साताको चौथो कारोबार दिन आज बुधवार भने उच्च अंकले घटेको छ । आज सेयर बजार परिसूचक २२ दशमलव आठ अंकले घटेर ११ सय १८ दशमलव १९ विन्दुमा झर्दा सेन्सिटिभ पनि चार दशमलव ९१ अंकले घटेर दुई सय ३७ दशमलव ७८ विन्दुमा झरेको छ ।

एक सय ५६ कम्पनीहरुको चार हजार तीन ६८ वटा कारोबारमा ११ लाख ६८ हजार दुई सय ३३ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ३७ करोड ७२ लाख ८६ हजार दुई सय ७९ रुपैयाँको कारोबार भएको छ । 

नेप्सेमा आज १० वटै समूहको कारोबार भएकोमा सबै सूचक घट्दा सेयर बजार पुरै रातो भएको छ । बाँणिज्य बैंक समूहको सूचक १५ दशमलव २२ अंकले घटेर नौ सय ८६ दशमलव एक विन्दुमा झर्दा २२ करोड ४० लाख १६ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

विकास बैंक समूहको सूचक पनि ३३ दशमलव ८८ अंकले घटेर १४ सय छ दशमलव ५५ विन्दुमा झर्दा पाँच करोड २६ लाख एक हजार दु्ई सय रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

यसैगरी जलबिद्युत समूहको सूचक पनि २१ दशमलव चार अंकले घटेर ११ सय ५२ दशमलव ३८ विन्दुमा झर्दा ६९ लाख ५६ हजार ६० रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

निर्जिवन बीमा, लघुबित्त, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समूहको सूचकमा पनि उच्च विन्दुले गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको हाथ्वे फाईनान्सको सेयर मुल्य पाँच रुपैयाँ ७७ पैसाले बढेर एक सय १० रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको राधी जलबिद्युत कम्पनीको सेयर मुल्य छ रुपैयाँ ८९ पैसाले घटेर एक सय ६२ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता दुई सय ९० रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ५४ लाख १४ हजार नौ सय ७७ रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित समाचार

नेप्सेमा चार अंकको सुधार

काठमाडौं । साताको तेस्रो कारोवार दिन मंगलबार नेप्से बढेपनि कारोवार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । नेप्से आज चार दसमलव ४२ अंकले बढेर १३ सय १२ दसमलव १४ बिन्दुमा

नेप्सेमा झण्डै दुई अंकले गिरावट, एक अर्बभन्दा बढीको  कारोवार 

काठमाडौं । साताको सुरुवाती कारोवार दिने नेप्सेमा झण्डै दुई अंकले गिरावट आएको छ । आज आईतबार नेप्से एक दसमलव ८७ अंकले घटेर १३ सय १६ दसमलव ८४ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स

साताको सेयर : नेप्से १३ सय १८ अंकमा, चार अर्ब ९४ करोडको कारोवार 

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा एक सय ७२ कम्पनीहरुको ५० हजार नौ सय ५३ वटा कारोवार भएकाछन । जसअनुसार एक करोड ५२ लाख ६४ हजार

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से सूचक तथा कारोबार रकम दुवै अघिल्लो दिनको तुुलनामा घटेका छन् । नेप्से दुुई दशमलव २९ अंकले घटेर


z