नेपाली फिल्मको आइटम गीतमा सन्नी लियोनले मर्काइन् कम्मर !

खरीबोट

काठमाडौं । बलिउड आइटम गर्ल सन्नि लियोनले पछिल्लोपटक एक नेपाली फिल्ममा समेत आफ्नो नृत्य प्रस्तुत गरेकी छिन् । सम्पुर्ण छायांकन लण्डनमा गरिएको फिल्म पासवर्डको आइटम गीतमा सन्निले कम्मर मर्काएकी हुन् । उक्त गीतको छायाँकनमा मात्रै निर्माण टिमले पाँच करोड नेपाली रुपैयाँ खर्च गरेको बताइन्छ ।

फिल्ममा समावेश हुने सन्नि हो नाम मेरो... बोलको गीतमा उनले आइटम डान्स पस्कँदा उनलाई बलिउडका भेट्रान कोरियोग्राफर विष्णु देभाले निर्देशन गरे । विष्णुदेभा उनै कोरियोग्राफर हुन् जसले सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका फिल्महरुमा नृत्य निर्देशन गरिसकेका छन्, कहलिएका स्टारलाई नचाएका छन् ।

अर्जुन पोखरेलले संगीत भरेको उक्त गीतको भिडियोमा नृत्य गर्न सन्नि ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन् । नेपाली फिल्ममा हालसम्मकै सर्वाधिक बजेटमा निर्माण गरिएको उक्त गीतमा सन्निलाई २ सय बढी डान्सरले साथ दिएका छन् । भारत र बेलायतका नृत्याङ्गनाहरु गीतमा सन्निसँगै फिचर छन् । भिडियो छायाँकनका केहि अचल दृश्यहरु निर्माण टिमले सार्वजनिक गरेको छ ।

सन्निले दुई करोड भारतिय रुपियाँमा टिमसहित सम्झौता गरेर नेपाली फिल्ममा नृत्य गर्न तयार भएकी थिइन् । साढे चार मिनेटको गीतमा कोरियोग्राफी गर्न सात जनाको टिमसहित विष्णुदेभा सन्निसँगै लण्डन पुगेका थिए । फिल्म टिमले लुक्स आउट नगर्ने भन्दै फिल्ममा समावेश अन्य नेपाली कलाकारहरुको तस्बिरहरु भने रिभिल गरेको छैन । 

फिल्मका निर्देशक सम्राट बस्नेतले ुपासवर्डुको कथा र स्कृनप्लेले गरेको माग अनुसार नै आफ्नो फिल्ममा सन्निलाई नृत्य गर्न भारतबाट लण्डन झिकाएको बताए । २ दर्जनबढि फिल्ममा द्वन्द्व निर्देशन गरेका सम्राटको लागी यो फिल्म ठूलोपर्दाको डेब्यू निर्देशकिय फिल्म हुनेछ ।

एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । यो फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने बिक्रम जोशी ९विक्की०, अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् ।

सम्बन्धित समाचार

फिल्म ‘साइँली’ को ‘नाच माया...’ बोलको गीत सार्वजनिक

काठमाडौँ। गायक हेमन्त रानाको स्वरमा रहेको चर्चित गीत ‘साइँली’ नाम सापटी लिएर निर्माण भएको फिल्म ‘साइँली’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘नाच माया...’ बोलको गीत निर्माण टिमले आइतबार

माउन्टेन फिल्म फेस्टिबल शुरु

काठमाडौँ। ‘काठमाडौँ इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिबल’ (किम्फ)को सोह्रौँ संस्करण आजदेखि शुरु भएको छ । राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा यही मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो फिल्म फेस्टिबलको आज

२५ लाख खर्च गरेर फिल्म ‘रणवीर’ को गीतको छायाँकन

 काठमाडौँ। फिल्म ‘रणवीर’ को गीतको छायाँकन सकिएको छ । राजधानीको नक्साल स्थित बालमन्दिर भव्य सेट तयार गरेर ४ दिन लगाएर गीतको छायाँकन गरिएको हो । पछिल्लो समय चर्चामा रहेका संगीतकार

'म त पिरिममा' गीतमा नाच्नुहोस्, भिडियो पठाउनुहोस् अनि जित्नुहोस् नगद ५० हजार !

काठमाडौं / चलचित्र गरुढ पुरण युनिटले पछिल्लो समय लोकप्रिय भैरहेको गीत 'म त पिरिम मा' को कभर भिडियो प्रतियोगिताको घोषणा गरेको छ । मदानी क्रीएसनको सहकार्यमा गरिएको प्रतियोगिताको उत्कृष्ट नृत्यले नगद


z