• २०८१ बैशाख १२ बुधबार

नेपाली फिल्मको आइटम गीतमा सन्नी लियोनले मर्काइन् कम्मर !

kharibot

काठमाडौं । बलिउड आइटम गर्ल सन्नि लियोनले पछिल्लोपटक एक नेपाली फिल्ममा समेत आफ्नो नृत्य प्रस्तुत गरेकी छिन् । सम्पुर्ण छायांकन लण्डनमा गरिएको फिल्म पासवर्डको आइटम गीतमा सन्निले कम्मर मर्काएकी हुन् । उक्त गीतको छायाँकनमा मात्रै निर्माण टिमले पाँच करोड नेपाली रुपैयाँ खर्च गरेको बताइन्छ ।

फिल्ममा समावेश हुने सन्नि हो नाम मेरो... बोलको गीतमा उनले आइटम डान्स पस्कँदा उनलाई बलिउडका भेट्रान कोरियोग्राफर विष्णु देभाले निर्देशन गरे । विष्णुदेभा उनै कोरियोग्राफर हुन् जसले सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका फिल्महरुमा नृत्य निर्देशन गरिसकेका छन्, कहलिएका स्टारलाई नचाएका छन् ।

अर्जुन पोखरेलले संगीत भरेको उक्त गीतको भिडियोमा नृत्य गर्न सन्नि ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन् । नेपाली फिल्ममा हालसम्मकै सर्वाधिक बजेटमा निर्माण गरिएको उक्त गीतमा सन्निलाई २ सय बढी डान्सरले साथ दिएका छन् । भारत र बेलायतका नृत्याङ्गनाहरु गीतमा सन्निसँगै फिचर छन् । भिडियो छायाँकनका केहि अचल दृश्यहरु निर्माण टिमले सार्वजनिक गरेको छ ।

सन्निले दुई करोड भारतिय रुपियाँमा टिमसहित सम्झौता गरेर नेपाली फिल्ममा नृत्य गर्न तयार भएकी थिइन् । साढे चार मिनेटको गीतमा कोरियोग्राफी गर्न सात जनाको टिमसहित विष्णुदेभा सन्निसँगै लण्डन पुगेका थिए । फिल्म टिमले लुक्स आउट नगर्ने भन्दै फिल्ममा समावेश अन्य नेपाली कलाकारहरुको तस्बिरहरु भने रिभिल गरेको छैन । 

फिल्मका निर्देशक सम्राट बस्नेतले ुपासवर्डुको कथा र स्कृनप्लेले गरेको माग अनुसार नै आफ्नो फिल्ममा सन्निलाई नृत्य गर्न भारतबाट लण्डन झिकाएको बताए । २ दर्जनबढि फिल्ममा द्वन्द्व निर्देशन गरेका सम्राटको लागी यो फिल्म ठूलोपर्दाको डेब्यू निर्देशकिय फिल्म हुनेछ ।

एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । यो फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने बिक्रम जोशी ९विक्की०, अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै