‘क्लाइमाण्डु’ प्रतियोगिता हुने

खरीबोट

काठमाडौँ। नेपालको सबभन्दा ठूला क्लाइमिङ (पहरा चढ्ने) प्रतियोगिताको पाँचाँै संस्करण ‘क्लाइमाण्डु’ यही मङ्सिर २९ गतेदेखि हुने भएको छ । 

एस्ट्रेक क्लाइमिङको आयोजनामा हुन गइरहेको प्रतियोगिता क्लाइमिङ खेल प्रोत्साहन गर्नका लागि आयोजना गरिएको महाप्रबन्धक नीरज कार्कीले बताए । दुई दिनसम्म चल्ने प्रतियोगितामा ३० जना खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा माथि पुग्ने (लिड) सबभन्दा चाँडो माथि पुग्ने (स्पीड) र छोटो तथा अप्ठ्यारो चढ्ने (बोल्टरिङ) गरी तीन विधामा खेलाइनेछ । 

नेपालमा सन् २०१२ देखि नेपाल पर्वतारोहण प्रतिष्ठानको आयोजनामा पहिलोपटक क्लाइमिङ प्रतियोगिता शुरु गरिएको थियो । त्यसपछि एस्ट्रेकले प्रत्येक वर्ष आयोजना गर्दै आएको छ । प्रतियोगितामा खेलाडीले १५ मिटरको अग्लो पहरा चढ्ने छन् । एस्ट्रेकका महाप्रबन्धक कार्कीले नेपालमा क्याइमिङ खेलको आकर्षण बढ्दै गएको बताए। 

सम्बन्धित समाचार

खेलकुद सङ्घमा देखिएको विवाद अन्त्य गर्ने : मन्त्री विश्वकर्मा

काठमाडौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल सङ्घमा देखिएको विवाद चाँडै अन्त्य गर्ने बताएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले आइतबार आठौँ राष्ट्रिय खेलकूद र १३ औँ दक्षिण एशियाली

खेलकुद परिषदद्वारा पारा ओलम्पियनलाई आजीवन भत्ता

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तीन पारा ओलम्पियन खेलाडीलाई आजीवन मासिक भत्ता प्रदान गरेको छ ।  आज यहाँ आयोजित कार्यक्रममा पारा ओलम्पियन विक्रमबहादुर राना, लक्ष्मी कुँवर र मैया विशंखेलाई गत साउनदेखि

खेलकुद परिषदको उपाध्यक्षमा पिताम्बर तिम्सिना नियुक्त

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषदको रिक्त रहेको उपाध्यक्ष पदमा पिताम्बर तिम्सिना नियुक्त भएका छन् । बुधबार एक कार्यक्रम विच राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री जगतबहादुर बि.क. (सुनारले)

एसियन पारा खेलकुदमा ४१ देश सहभागी हुने

जाकार्ता। इन्डोनेसियाको जाकार्तामा हुने एसियन पारा खेलकुद प्रतियोगितामा ४१ ओटा देशले सहभागीता जनाउने निश्चित भएको छ ।  मुल आयोजक समितिका प्रमुख राजा सप्त ओक्तोहरीले दिएको जानकारी अनुसार ती देशहरुबाट कुल २८


z