नारायण गोपालको स्मृति दिवस मनाइयो

खरीबोट

काठमाडौँ। स्वरसम्राट नारायणगोपालको सम्झनामा आज यहाँ २८औँ स्मृति दिवस मनाइएको छ । 

नारायण गोपाल सङ्गीत कोषको आयोजनामा सो दिवसमा स्मृतिसभा गरेको छ । आजकै दिनमा विसं २०४७ मा उहाँले यस धर्तीबाट बिदा लिएर जानुभएको थियो । स्वरसम्राट नारायण गोपालको घरको प्राङ्गणमा भएको सभामा पुराना गायकलगायत नयाँ पुस्ताका युवाको बाक्लो उपस्थिति रहेको थियो । 

रचनाकार तथा कलाकार नीर शाहले नारायण गोपाल साङ्गीतिकरुपमा निकै सङ्घर्षशील रहनुभएको चर्चा गरेका थिए । शाहले नेपाल नजानिँदो रुपमा खेलकूद र सङ्गीतमा अगाडि बढिरहेको बताउँदै खेलकूदमा अनुशासन र सङ्गीतमा गहन अध्ययन आवश्यक रहेको औँल्याए । 

उक्त अवसरमा स्मृति कोषले नारायण गोपालसँगै रहेर काम गर्ने गीतकार दिनेश अधिकारी, गीतकार डा दीर्घसिंह बम, कलाकार तथा गीतकार नीर शाह, गीतकार राजेन्द्र रिजाल, सङ्गीतकार विश्वम्भर प्याकुरेल र कर्म योञ्जनलाई नगर रु २५ हजारसहित सम्मानसमेत गरेको थियो । सभामा सङ्गीतकार भूपेन्द्र राजमाझी, रचनाकार प्रकाश रायमाझी, गीतकार उन्नति शिला बोरा, सङ्गीतकार न्ह्यु बज्राचार्यलगायतको सहभागिता थियो । 

सम्बन्धित समाचार

नारायण गोपालको स्मृति दिवस मनाइयो

काठमाडौँ। स्वरसम्राट नारायणगोपालको सम्झनामा आज यहाँ २८औँ स्मृति दिवस मनाइएको छ ।  नारायण गोपाल सङ्गीत कोषको आयोजनामा सो दिवसमा स्मृतिसभा गरेको छ । आजकै दिनमा विसं २०४७ मा उहाँले यस धर्तीबाट

फेरि जन्मेलान् नारायण गोपाल ! 

काठमाडौँ।  ‘म त लालीगुराँस भएछु,  वनैभरि फूलिदिन्छु मनैभरि फुलिदिन्छु’  नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मङ्सिर १९ गते २८ वर्ष बितिसक्दा पनि उहाँको नाम आज पनि

आज स्वरसम्राट नारायण गोपालको २७औं स्मृति दिवस

काठमाडौं । स्वरसम्राट नारायण गोपालको २७औं स्मृति दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।  नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइदै छ । वि सं १९९६

नारायण गोपाल चोक–गोंगबु नयाँ बसपार्क सडक किनारका अतिक्रमण भत्काइए

काठमाडौँ । चक्रपथ सफाइको २० औँ हप्तामा आज चक्रपथको नारायण गोपाल चोकदेखि गोंगबु नयाँबसपार्कसम्मको मूल सडकका दायाँ बायाँ बनाइएका टहरा भत्काइएको छ ।  यो क्षेत्रको दायाँ बायाँ बालुवा, गिटी, ढुंगा, रडलगायत निर्माण


z