पृथु बास्कोटा बने चितवन टाइगर्सको कप्तान

खरीबोट

काठमाडौँ। यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टिमले धमाधम आफ्ना खेलाडीको टुंगो लगाउदै गरेका छन् । 

यसै क्रममा चितवन टाइगर्सले  नेपाली अन्डर १९ टिमका पुर्व कप्तान पृथु बास्कोटालाई कप्तान बनाएको छ। नेपाली राष्ट्रिय टिमका दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको चितवन टाइगर्समा दिलीपनाथ, भीम सार्की, सन्दीप सुनार, ललितसिंह भण्डारी, कमलसिंह ऐरी, शाहब आलम जस्ता खेलाडी रहेका छन्। चितवनले अघिल्लो इपिएलमा खेलेका सुनाम गौतम र योगेन्द्र सिंह कार्कीलाई  रिलिज गर्दै इशान पाण्डे, आदील खान र सागर ढकाललाई भित्राएको छ। त्यस्तै चितवनले ट्यालेन्ट हण्टबाट आकाश थापालाई अनुबन्ध गरेको छ। आकाश यस अघि पनि चितवनबाटै इपिएल खेलेका थिए। 

चितवनको टिम प्रशिक्षकमा पुर्व राष्ट्रिय टिमका खेलाडी कलाम अली रहेका छन् भने टिम म्यानेजर तथा टेक्निकल निर्देशकमा श्यामशंगजंग थापा रहेका छन्। चितवनमा विदेशी खेलाडीहरुमा इल्याण्डका क्रिकेटर जोहन सिम्सन र जर्ज स्कट रहेका छन् उनीहरु काठमाडौँ आइसकेका छन् भने अर्का खेलाडी आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङ भने विहिबार राति सम्म काठमाडौँ आइपुग्ने चितवन टाइगर्सले जानकारी दिएको छ। 

पुस ७ गते समापन हुने प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

इपिएल : तोमार र कोलसावालाले ललितपुरलाई जिताए, लेभीको अर्धशतक आज पनि खेर गयो

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको दोस्रो खेलमा ललितपुर प्याट्रीयटर्सले पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको छ। पोखराले दिएको १६७ रन पछाएको ललितपुरले १५.५ ओभरमा केवल २ विकेट गुमाएर

इपिएल : पोखराले ललितपुरलाई दियो १६७ रनको लक्ष्य, लेभीले बनाए ८४ रन  

काठमाडौँ। एभेरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रीयटर्सलाई १६७ रनको लक्ष्य दिएको छ।  पोखराले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर १६६

इपिएल : काठमाडौँ ६ विकेटले विजयी, चितवनको लगातार दोस्रो हार 

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौँ किंग्सले चितवन टाइगर्सलाई पराजित गरेको छ। चितवनले दिएको १६१ रनको लक्ष्य पछाएको काठमाडौँले १८.५ ओभरमा ४ विकेट गुमाएर ६ विकेटको जित हासिल गरेको छ।  काठमाडौँका

इपिएल : चितवन टाइगरले काठमाडौँलाई दियो १६१ रनको लक्ष्य, दिपेन्द्रले बनाए ४५ रन 

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन टाइगर्सले काठमाडौँ किंग्सलाई १६१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिंग गरेको चितवनले १९.५ ओभरमा अल आउट हुदै १६०


z