काठमाडौँ। बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ। गएराती भएको खेलमा बार्सिलोनाले कल्सरल लेओनेसालाई ४-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-१ को नतिजा सहित कोपा डेल रे को अन्तिम १६ मा पुगेको हो।
बार्सिलोनाको जितमा डेनिस स्वरेजले २ गोल गरेका थिए भने माल्कम र मुनिरले एक एक गोल गरेका थिए। कल्चरल लेओनेसाका लागि एक गोल जोसेप सेनेले गरेका थिए। यस खेलमा इभान राकिटिकले ३ गोल असिस्ट गरेका थिए।
यस खेलमा बार्सिलोनाले लियोनेल मेसी, लुइस स्वरेज, जेरार्ड पिकेसहितका महत्वपूर्ण खेलाडीलाई खेलाएको थिएन।
बार्सिलोनाले अब आउदो शनिबार ला लिगा अन्तर्गत इस्पेनियलसँग खेल्ने छ।