नेपालका विद्यालयमा चिनियाँ भाषा पढाउने तयारी

खरीबोट

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको विद्यालय शिक्षामा चिनियाँ भाषा पढाउने तयारी भइरहेको बताएका छन् । 

नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले आयोजना गरेको ‘चीनमा पढेका विद्यार्थीको पाँचौँ जमघट’ कार्यक्रममा उनले नेपालका विद्यार्थीले चीनमा पढेर नेपाल–चीनबीचको सम्बन्धलाई झन् नजीक बनाएको बताए । 

उनले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएकोले उक्त नारा पूरा गर्न चीनमा पढेर स्वदेश फर्केका नेपालीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। अबका २५ वर्ष पछाडिको नेपालमा चाहिने शिक्षाअनुसारको नीति बनाउन मन्त्रालय लागिरहेको उनको भनाइ थियो । भूकम्पले भत्काएका विद्यालयको पुनर्निर्माणमा चीन सरकारले सहयोग पु¥याएको भन्दै मन्त्री पोखरेलले चीन सरकारलाई धन्यवादसमेत दिए । 

नेपालका लागि चिनियाँ राजदूत यू होङले भेलाले नेपाल र चीनका विद्यार्थीबीच सम्बन्ध थप नजीक बनाएको बताए । उनले आगामी दिनमा पनि यस्ता भेला गर्न सुझावसमेत दिए । नेपालका उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुको चीन भ्रमणले पनि नेपाल–चीन सम्बन्ध झन् नजीक बन्दै गएको उनको भनाइ थियो । भेलामा नेपालबाट चीन गएर विभिन्न विषय अध्ययन गरेका विद्यार्थीले आफ्नो पढाइको अनुभवबारे प्रस्तुति दिएका थिए । नेपालबाट हाल झण्डै सात हजारको हाराहारीमा विद्यार्थी चीनमा अध्ययन गर्दछन् । 

सम्बन्धित समाचार

सुदूरपश्चिम विश्वविद्यालयका सबै क्याम्पसका प्रमुखको कार्यकक्षमा तालाबन्दी

लम्की । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा प्राध्यापक र कर्मचारीले सबै क्याम्पसका प्रमुखको कार्यकक्षमा आज तालाबन्दी गरेका छन् । विश्वविद्यालयअन्तर्गतका शिक्षक कर्मचारीले आफूहरुले तलबभत्ता नपाएको भन्दै तालाबन्दी गरेका हुन् । सरकारको निर्णयानुसार समायोजन गरेका

कृषि विश्वविद्यालयका डिनलाई कालोमोसो दल्ने ६ विद्यार्थी पक्राउ

चितवन । प्रहरीले चितवनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि सङ्कायका सहायक डिन प्रा विष्णुराज ओझालाई कालोमोसो दल्ने छ विद्यार्थीलाई पक्राउ गरेको छ । उनीहरुलाई आज रामपुर क्याम्पस परिसरबाट

शिक्षकले नपढाउँदा विद्यार्थी विद्यालय छाड्दै !

जाजरकोट । त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभूत विद्यालयमा छ शिक्षकको दरबन्दी छ । तर, विद्यालय भने तीन शिक्षकले चलाउँदै आएका छन् । प्रधानाध्यापक पुष्पराज महत र सोही विद्यालयमा शिक्षिका

बाँकेका सयौं बालबालिका अझै विद्यालयको पहुँच बाहिर

बाँके । बाँकेको जानकी गाउँपालिका–२ का बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन् । विद्यालय जाने उमेरका बालबालिकामध्ये अधिकांशका अभिभावकले काममा लगाउने गरेका कारण उनीहरु पढाइबाट वञ्चित भएका हुन् । वडाध्यक्ष


z