प्रिमियर लिगमा वल्भरहाम्पटनसँग चेल्सी पराजित 

खरीबोट

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी वल्भरहाम्पटनसँग पराजित भएको छ। गएराती भएको खेलमा वल्भरहाम्पटनले चेल्सीलाई आफ्नै घरेलु मैदानमा २-१ गोल अन्तरले पराजित गरेको हो। 

वल्भरहाम्पटनको जितमा राउल जिमेनेज र डिओगो जोटाले एक एक गोल गरेका थिए भने चेल्सीका लागि लोफटस चीकले एक गोल गरेका थिए। चेल्सीका चीकले खेलको १८औ मिनेटमा गोल अग्र्डिया चेल्सीलाई सुरुवाती अग्रता दिलाए पनि खेलको दोस्रो हाफमा वल्भरहाम्पटनले शानदार कम्ब्याक गरेको थियो। 

वल्भरहाम्पटनका लागि जिमेनेजले खेलको ५९ र जोटाले कहल्को ६३ मिनेटमा गोल गर्दै चेल्सीमाथि शानदार जित हासिल गरेका थिए। 

हारपछि चेल्सीको १५ खेलमा ३१ अंक भएको छ भने चेल्सी लिगको चौथो स्थानमा रहेको छ। त्यस्तै वल्भरहाम्पटन १५ खेलमा १९ अंकसहित लिगको १२ स्थानमा रहेको छ।  
 

सम्बन्धित समाचार

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम विजयी 

काठमाडौँ। इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई पराजित गरेको छ। गएराती भएको खेलमा युनाइटेडले फुलह्यामलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।  युनाइटेडको जितमा एशले योङ्ग, माटा, रोमेलु लुकाकु र मार्कश राशफोर्डले

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको पहिलो हार, लिभरपुल शिर्ष स्थानमा उक्लियो 

काठमाडौँ। इङलिश प्रिमियर लिगमा म्यानचेस्टर सिटीले यस सिजनमा पहिलो हार बेहोरेको छ। गएराती चेल्सीसँग भएको खेलमा सिटी २-० गोल अन्तरले पराजित भएको हो।  चेल्सीको जितमा एन गोलो कान्टे र डेभिड लुइजले

जितपछि टोटनह्याम प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो 

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले साउथहाम्पटनमाथि शानदार जित हासिल गरेको छ। गएराती भएको खेलमा टोटनह्यामले साउथहाम्पटनमाथि ३-१ गोल अन्तरको जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ।  टोटनह्यामको जितमा ह्यारी केन, लुकास

बर्नलीमाथि लिभरपुलको शानदार जित, लिगको दोस्रो स्थानमा कायमै 

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले बर्नलीलाई पराजित गरेको छ। गएराती भएको खेलमा लिभरपुलले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।  लिभरपुलको जितमा जेम्स मिलनर, रोबोर्ट फिर्मिनो र जेर्डन शाकीरीले एक


z