• २०८१ बैशाख ८ शनिबार

प्रिमियर लिगमा वल्भरहाम्पटनसँग चेल्सी पराजित 

kharibot

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी वल्भरहाम्पटनसँग पराजित भएको छ। गएराती भएको खेलमा वल्भरहाम्पटनले चेल्सीलाई आफ्नै घरेलु मैदानमा २-१ गोल अन्तरले पराजित गरेको हो। 

वल्भरहाम्पटनको जितमा राउल जिमेनेज र डिओगो जोटाले एक एक गोल गरेका थिए भने चेल्सीका लागि लोफटस चीकले एक गोल गरेका थिए। चेल्सीका चीकले खेलको १८औ मिनेटमा गोल अग्र्डिया चेल्सीलाई सुरुवाती अग्रता दिलाए पनि खेलको दोस्रो हाफमा वल्भरहाम्पटनले शानदार कम्ब्याक गरेको थियो। 

वल्भरहाम्पटनका लागि जिमेनेजले खेलको ५९ र जोटाले कहल्को ६३ मिनेटमा गोल गर्दै चेल्सीमाथि शानदार जित हासिल गरेका थिए। 

हारपछि चेल्सीको १५ खेलमा ३१ अंक भएको छ भने चेल्सी लिगको चौथो स्थानमा रहेको छ। त्यस्तै वल्भरहाम्पटन १५ खेलमा १९ अंकसहित लिगको १२ स्थानमा रहेको छ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै