बर्नलीमाथि लिभरपुलको शानदार जित, लिगको दोस्रो स्थानमा कायमै 

खरीबोट

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले बर्नलीलाई पराजित गरेको छ। गएराती भएको खेलमा लिभरपुलले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। 

लिभरपुलको जितमा जेम्स मिलनर, रोबोर्ट फिर्मिनो र जेर्डन शाकीरीले एक एक गोल गरेका थिए भने बर्नलीका लागि एक गोल जाक कोर्कले एक गोल गरेका थिए। 

लिभरपुलले जितपछि १५ खेलमा ३९ अंक बटुल्दै लिगको दोस्रो स्थानमा आफुलाई कायमै राखेको छ भने शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा २ अंकले पछाडी रहेको छ । त्यस्तै बर्नली भने १५ खेलमा ९ अंकसहित रेलिगेशन जोनमा रहेको छ। 

अब लिभरपुलले अर्को खेल आगामी शनिबार बोर्नमाउथसँग खेल्ने छ।  

सम्बन्धित समाचार

रेलिगेशनमा परेको कार्डिफसँग म्यानचेस्टर युनाइटेड पराजित 

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले इङलिश प्रिमियर लिगको अन्तिम खेलमा हार बेहोरेको छ । आइतबार भएको खेलमा युनाइटेडले लिगको अन्तिम खेलमा कार्डिफ सिटीसँग २-० गोल अन्तरले पराजित भएको हो । कार्डिफको जितमा

इङलिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो 

काठमाडौँ । इङलिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । लिगको अन्तिम खेलमा आइतबार ब्रिङघटनलाई ४-१ गोल अन्तरले पराजित गर्दै सिटीले लगातार प्रिमियर लिगको उपाधि जितेको हो ।  सिटीको जितमा सर्जियो

सिटी फेरी शिर्ष स्थानमा, उपाधिको टुंगो अन्तिम खेलबाट लाग्ने 

काठमाडौँ । इङलिश प्रिमियर लिगको यस सिजनको उपाधिको टुंगो अन्तिम खेलबाट लाग्ने भएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेपछि अब उपाधिको टुंगो अन्तिम

म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो, च्याम्पियन्स लिगमा छनौट हुन असफल 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड हडर्सफिल्डसँग बराबरीमा रोकिएसँगै अर्को बर्षको च्याम्पियन्स लिगमा छनौट हुन् असफल भएको छ । आइतबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र हडर्सफिल्डसँग १-१ गोलको बराबरीमा


z