• २०८१ बैशाख ७ शुक्रबार

बर्नलीमाथि लिभरपुलको शानदार जित, लिगको दोस्रो स्थानमा कायमै 

kharibot

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले बर्नलीलाई पराजित गरेको छ। गएराती भएको खेलमा लिभरपुलले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। 

लिभरपुलको जितमा जेम्स मिलनर, रोबोर्ट फिर्मिनो र जेर्डन शाकीरीले एक एक गोल गरेका थिए भने बर्नलीका लागि एक गोल जाक कोर्कले एक गोल गरेका थिए। 

लिभरपुलले जितपछि १५ खेलमा ३९ अंक बटुल्दै लिगको दोस्रो स्थानमा आफुलाई कायमै राखेको छ भने शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा २ अंकले पछाडी रहेको छ । त्यस्तै बर्नली भने १५ खेलमा ९ अंकसहित रेलिगेशन जोनमा रहेको छ। 

अब लिभरपुलले अर्को खेल आगामी शनिबार बोर्नमाउथसँग खेल्ने छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै