सरकारको नौ महीनाको गतिविधिले जनता निराश : अध्यक्ष थापा

खरीबोट

धनुषा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको बताएका छन् ।

मिडिया नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सो कुरा बताउँदै धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिताले बहुसङ्ख्यक हिन्दू आस्थावान्प्रति प्रहार भएको बताए ।

सरकारको नौ महीनाको गतिविधिले जनतामा नैराश्य, अनिश्चितता सिर्जना गरेकाले राष्ट्र अराजकताको दल–दलमा फस्ने खतरा देखिएको उनको धारणा थियो ।

विदेशीको दबाब र प्रभावमा धर्म निरपेक्षता लादिएकाले पुनः हिन्दू राष्ट्र घोषणाका लागि राष्ट्रिय जनता पार्टीले आगामी फागुन ७ गतेदेखि जनसङ्घर्षको अभियान थालनी गर्ने उनले जानकारी दिए ।

उनले जनसङ्घर्ष शान्तिपूर्ण, गाउँगाउँदेखि शुरू भई काठमाडौँ केन्द्रित हुनेमा जोड दिए । जनसङ्घर्ष कुनै राजनीतिक दल, सरकारको विरूद्ध नभइ नेपाली पहिचान र राष्ट्रिय एकताको सुदृढीकरणमा केन्द्रित रहने पनि उनले बताए ।

सम्बन्धित समाचार

प्रदेश ३ को स्थायी राजधानी हेटौडा नै तोकिनुपर्छ : अध्यक्ष कमल थापा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश नं ३ को राजधानी हेटौँडा तोक्नका लागि आफ्नो पार्टीले सबै दललाई सहमति र विश्वासमा लिएर अगाडि बढ्ने बताएका छन् ।  मकवानपुरे समाजका अध्यक्ष

जनअपेक्षा अनुसारका काम गर्न सरकार असफल : अध्यक्ष थापा

ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको बताएका छन् । पार्टी सङ्गठन विस्तार एवं सुदृढीकरणका क्रममा ताप्लेजुङ आएका अध्यक्ष थापाले आज बिहान आयोजित

पूर्वप्रधानमन्त्रीहरुले कूटनीतिक मर्यादा उल्लंघन गर्नुभो : अध्यक्ष कमल थापा

हेटौँडा ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौँ आउँदा पूर्व प्रधानमन्त्रीहरूले भेट गर्नु कूटनीतिक मर्यादा र राष्ट्रिय स्वाभिमानविपरीत भएको बताएका छन् ।  उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री समेत रहनुभएका

राप्रपाले फिर्ता बोलाएका मन्त्री गिरीले भने अध्यक्ष कमल थापा निरंकुश भए 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले शहरी विकास मन्त्री दीलनाथ गिरीलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।  पार्टी प्रवक्ता भुवन पाठकका अनुसार मन्त्री गिरीले पार्टी अनुशासन विपरीत कार्य गरेकाले हटाउने


z