अस्ट्रेलियाविरुद्ध संघर्षरत भारतलाई पुजाराले बचाए, पहिलो दिन २५० रन बनायो 

खरीबोट

काठमाडौँ। अस्ट्रेलिया भ्रमण रहेको भारतीय क्रिकेट टिमले पहिलो टेस्टको पहिलो दिनको खेल सकिदा ९ गुमाएर २५० रन बनाएको छ। अन्तिम ब्याट्सम्यानका रुपमा मोहमद सामी र जसप्रित बुमराह क्रिजमा रहेका छन्।

टस जितेर पहिला ब्याटिंग गरेको भारतले खराब सुरुवात गरेको थियो। भारतका सुरुका ब्याट्सम्यानहरु सस्तैमा आउट भएपछि चैतेश्वर पुजाराले शतकीय पारी खेलेर भारतलाई सम्मानजनक अवस्थामा पुर्याएका छन्। पुजारा १२३ रन बनाएर रन आउट भएपछि खेल सकिएको थियो।

भारतका लागि रोहित शर्माले ३७ रन बनाए भने रिषव पन्त र आर आश्विनले २५-२५ रनको योगदान गरेका थिए। भारतका ओपनर केएल राहुल २ रन र मुरली विजय ११ रन बनाएर आउट भएका थिए। त्यस्तै कप्तान विराट कोहली पनि केवल ३ रन बनाएर आउट भएपछि भारतीय टिम संकटमा परेको थियो।

भारतलाई रोक्न अस्ट्रेलियाका बलरले उत्कृष्ट बलिङ्ग गरेका थिए। अस्ट्रेलियाका लागि मिचेल स्ट्राक, जोश हजेलवूड, पट कमिन्स र नाथन लिओनले २-२ विकेट लिएका थिए।  

सम्बन्धित समाचार

अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज भारतको कब्जामा

काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजमा जित हासिल गरेको छ । आज सम्पन्न तेस्रो एकदिवसीय खेलमा ७ विकेटले जित हासिल गर्दै तीन खेलको सिरिजमा २-१ ले जित हासिल गरेको हो

अस्ट्रेलियाले भारतलाई दियो २३१ रनको लक्ष्य 

काठमाडौँ । अस्ट्रेलियाले सिरिजको अन्तिम एकदिवसीय क्रिकेट खेलमा भारतलाई २३१ रनको लक्ष्य दिएको छ । अहिले जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४८.४ ओभरमा २३० रन बनाएर अल

अस्ट्रेलियालाई पराजित गदै भारतद्वारा सिरिज बराबरी  

काठमाडौँ । अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय खेलमा भारत ६ विकेटले विजयी भएको छ । अस्ट्रेलियाले दिएको २९९ रनको लक्ष्यलाई भारतले ४ विकेट गुमाउदै ४९.२ ओभरमा पुरा गरेको हो । भारतलाई जित दिलाउनेक्रममा

मार्शको शतकीय पारीले अस्ट्रेलियाले भारतलाई दियो २९९ रनको लक्ष्य 

काठमाडौँ । अस्ट्रेलियाले दोस्रो एकदिवसीय खेलमा भारतलाई २९९ रनको लक्ष्य दिएको छ । अहिले जारी खेलमा अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २९८ रन बनाएको


z