• २०८१ बैशाख ८ शनिबार

अस्ट्रेलियाविरुद्ध संघर्षरत भारतलाई पुजाराले बचाए, पहिलो दिन २५० रन बनायो 

kharibot

काठमाडौँ। अस्ट्रेलिया भ्रमण रहेको भारतीय क्रिकेट टिमले पहिलो टेस्टको पहिलो दिनको खेल सकिदा ९ गुमाएर २५० रन बनाएको छ। अन्तिम ब्याट्सम्यानका रुपमा मोहमद सामी र जसप्रित बुमराह क्रिजमा रहेका छन्।

टस जितेर पहिला ब्याटिंग गरेको भारतले खराब सुरुवात गरेको थियो। भारतका सुरुका ब्याट्सम्यानहरु सस्तैमा आउट भएपछि चैतेश्वर पुजाराले शतकीय पारी खेलेर भारतलाई सम्मानजनक अवस्थामा पुर्याएका छन्। पुजारा १२३ रन बनाएर रन आउट भएपछि खेल सकिएको थियो।

भारतका लागि रोहित शर्माले ३७ रन बनाए भने रिषव पन्त र आर आश्विनले २५-२५ रनको योगदान गरेका थिए। भारतका ओपनर केएल राहुल २ रन र मुरली विजय ११ रन बनाएर आउट भएका थिए। त्यस्तै कप्तान विराट कोहली पनि केवल ३ रन बनाएर आउट भएपछि भारतीय टिम संकटमा परेको थियो।

भारतलाई रोक्न अस्ट्रेलियाका बलरले उत्कृष्ट बलिङ्ग गरेका थिए। अस्ट्रेलियाका लागि मिचेल स्ट्राक, जोश हजेलवूड, पट कमिन्स र नाथन लिओनले २-२ विकेट लिएका थिए।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै