'म त पिरिममा' गीतमा नाच्नुहोस्, भिडियो पठाउनुहोस् अनि जित्नुहोस् नगद ५० हजार !

खरीबोट

काठमाडौं / चलचित्र गरुढ पुरण युनिटले पछिल्लो समय लोकप्रिय भैरहेको गीत 'म त पिरिम मा' को कभर भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।

मदानी क्रीएसनको सहकार्यमा गरिएको प्रतियोगिताको उत्कृष्ट नृत्यले नगद ५० हजार जित्नुका साथै एउटा म्युजिक भिडियो र नृत्य समुहका सदस्यहरुको फोटो सेसनको अवसर लगायतका पुरस्कार पाउने चलचित्रका निर्देशक सुवास कोइरालाले बताए । 

प्रतियोगितामा भाग लिन एकल वा युगल वा सामुहिक रुपमा कभर भिडियो बनाएर creationmadani@gmail.com मा पठाउनुपर्ने छ । उपलब्ध भिडियोहरु मदानी क्रीएसनको युटुब च्यानलमा अपलोड गरिने क्रीएसनका सिइओ बिष्णुकान्त घिमिरेले बताए । 

दिनेस राउतको शब्द रहेको गीत 'म त पितिममा' मा कोसिस क्षेत्री र मनिशा पोख्रेलको स्वर रहेको छ भने रेनशा बान्तवा राइले कोरियोग्राफी गरेकी छिन । गीतमा उदयराज पौडेलको एरेन्ज र कोसिस क्षेत्रीको सङ्गीत रहेको गीतमा निश्चल बस्नेत, कर्म शाक्य, प्रियङ्का सिंह र अन्जली योन्जनको दमदार नृत्य देख्न सकिन्छ । 

चलचित्र माघ ४ गते देशब्यापी प्रदर्शनमा आउनेछ ।

सम्बन्धित समाचार

फिल्म गोवर प्रसाद युट्युबमा सार्वजनिक 

काठमाडौँ । गणेश उपाध्यायद्धारा निर्देशित चलचित्र चलचित्र गोवर प्रसाद युट्युबमा रिलिज गरिएको छ ।  दिवज फिल्मको ब्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र गोवर प्रसाद पश्चिमका १० वटा जिल्लामा सफलताको साथ प्रदर्शन

फिल्म ‘साइँली’ को दोस्रो गीत रिलिज

काठमाडौँ ।  ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म ‘साइँली’ को दोस्रो गीत रिलिज भएको छ । 'नाच माया' बोलको पहिलो गीतले युट्युबमा झण्डै ४० लाख भ्यूज बटुलिसकेको अवस्थामा निर्माण

फिल्म कागजपत्रको ट्रेलर सार्वजनिक 

काठमाडौँ । अस्ट्रेलिया जादा नक्कली कागजपत्र र आफ्न्तसँगै नक्कली विवाह गरेर जाने तथा चाहनेहरुको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘कागजपत्र’ को ट्रेलर सार्वजनिक भएको छ ।  ट्रेलरमार्फत् फिल्मको मूलकथालाई प्रस्ट्याउन

अनुप, वर्षा र मालाको फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक 

काठमाडौँ । चैत १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘पुरानो बुलेट’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।  बुलेट बाइक चढ्ने एक युवकको जीवनमा आउने उतारचढावमा आधारित फिल्मको ट्रेलरमा कमेडी,


z