• २०८१ बैशाख ७ शुक्रबार

लगानीयोग्य रकमको अभाव झेलिरहेका बैंकहरुलाई राष्ट्र बैंकको राहत

kharibot

काठमाडौं । लगानीयोग्य रकमको अभाव झेलिरहेका बैंक तथा फाइनान्स कम्पनीहरुले केही हदसम्म राहत पाउने भएका छन् ।

नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ तीन सय ६६ दिने मुद्दती निक्षेपको रुपमा बैंक तथा फाइनान्स कम्पनीहरुमा राख्ने भएपछि बैंकहरुले केही हदसम्म भए पनि राहत पाउने भएका हुन् । 

राष्ट्र बैंकका अनुसार त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी यही पुस १ गतेदेखि २०७६ मंसिर ३० गतेसम्मको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा सो रकम राख्न लागिएको हो । यसरी राखिने कुल रकममध्ये वाणिज्य बैंकहरुको लागि आठ अर्ब १२ करोड ६९ लाख, विकास बैंकहरुका लागि एक अर्ब ५२ करोड ३८ लाख र फाइनान्स कम्पनीहरुका लागि ५० करोड ७९ लाख रुपैयाँ छुट्याएको छ ।

रकम लगानीको लागि बैंक तथा फाइनान्स कम्पनीहरुले यही मंसिर २३ गते अपराह्न तीन बजेसम्म संस्थाले राख्न चाहेको रकम र दिन चाहेको ब्याज समेत गरी उल्लेख गरी राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमा प्रस्ताव पेश गर्नुपर्नेछ ।  

रकम लगानीको लागि बैंक सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, तोएिको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्ने, निष्क्रिय कर्जा (एन.पी.एल.) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा÷स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने सर्तहरु तोकिएका छन । 

यीबाहेक सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने, निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा (व्यवस्थापछिको रहेको हुनुपर्ने, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने लगायता सर्तहरु तोकिएको राष्ट्र बैकले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै