प्लाष्टिकमुक्त सहर बनाउन सबैको हातेमालो जरुरी : मन्त्री राई 

खरीबोट

काठमाडौं । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्लाष्टिक मुक्त शहर बनाउन सवैको हातेमालो जरुरी रहेको बताएका छन् ।

स्टेम फाउण्डेसन नेपाल नामक संस्थाले राजधानीको टुडीखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री राईले बढ्दो प्लाष्टिकको प्रयोगका कारण वातावरणीय सन्तुलन बिग्रिने खतरण रहेको उल्लेख गरे । 

प्रयोग गरेर फालिएका एक लाख प्लाष्टिकको झोलाबाट मृत सागरको आकारको नक्सा बनाएर विश्व कीर्तिमान राखी प्लाष्टिकको प्रयोगविरुद्ध सचेतना फैलाउने उद्देश्यले सो फाउण्डेसनले उक्त कार्यक्रमको आयोजना गरेकोे हो । कार्यक्रममा मन्त्री राईले बढ्दो वातावरणीय प्रदुषणलाई मध्यनजर गर्दै प्लाष्टिकका झोलाको प्रयोग रोक्न सरकारले अधिकतम प्रयास गरेपनि सबैको सहयोगविना त्यसले मूर्तरुप पाउन नसकेको बताए । 

मन्त्री राईले भने, संसारमा एउटा मृत सागर छ, जहा« कुनै पनि जीवजस्तुको अस्तित्व छैन, यदी हामीले यसैगरी प्लाष्टिकको प्रयोगलाई बढावा दिऔ भने थप मृतसागर बन्ने खतरा छ, त्यसैले आजैबाट प्लाष्टिकको प्रयोग रोक्न अघि सरौ । 

उनले प्लाष्टिकजन्य फोहोरव्यवस्थापनका लागि सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी समेत दिए ।  
 

सम्बन्धित समाचार

निर्मला हत्याका दोषी पत्ता लगाउन सरकार निरन्तर अनुसन्धानमा छ : प्रधानमन्त्री ओली 

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताए ।  राष्ट्रिय मानव अधिकार आयोगले ७०औँ अन्तर्राष्ट्रिय मानवअधिकार

मानवअधिकार स्थापित गर्ने सरकारको लक्ष्य : मुख्यमन्त्री पोखरेल

रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताए । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शुभकामना शन्देश दिँदै

सरकारलाई कर्मचारीको पूर्ण सहयोग छ : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई कर्मचारीको पूर्ण सहयोग रहेको बताएका छन् । अन्तर प्रदेश परिषदको बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।  “कर्मचारीहरु पनि संघीयतामा पोख्त होइनन् ।

मन्त्री विश्वकर्मा ‘डा अम्वेडकर अन्तर्राष्ट्रिय अवार्ड’बाट सम्मानित

काठमाडौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ‘डा अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड २०१८’ बाट सम्मानित भएका छन् । दलित तथा पछाडि पारिएको वर्गको उत्थान, विकासका र अधिकारका लागि गरेको योगदानको सम्मान


z