• २०८१ बैशाख ७ शुक्रबार

सेयरबजार हरियो, ३७ करोडको सेयर किनबेच

kharibot

काठमाडौं । साताको अन्तिम करोबार दिन आज बिहिबार सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से दुई दशमलव नौ अंकले बढेर ११ सय २१ दशमलव तीन विन्दुमा चढ्दा सेन्सिटिभ शुन्य दशमलव  ६१ अंकले बढेर दुई सय ३८ दशमलव ४० विन्दुमा चढेको छ ।

एक सय ६२ कम्पनीहरुको चार हजार एक सय ७० वटा करोबारमा १३ लाख ७४ हजार तीन सय ४६ कित्ता सेयर खरिद बिक्री भएका छन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा करोबार रकम ३७ करोड नौ लाख ७१ हजार नौ सय ३६ रुपैयाँको कारोबार भएको छ ।  

आज १० वटा समूहको करोबार भएकोमा जलविद्युत र उत्पादनमुलक समूहको सूचक क्रमश १० दशमलव ६६ र दुई दशमलव ६२ अंकले घटेकाछन भने बाँकी समूहको सूचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समूहको सूचक दुई दशमलव ७७ अंकले बढेर नौ सय ८८ दशमलव ५४ विन्दुमा चढ्दा २३ करोड ४४ लाख सात हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

विकास बैंक समूहको सूचक पनि तीन दशमलव ३१ अंकले बढेर १४ सय १० दशमलव ८३ विन्दुमा चढ्दा चार करोड ४९ लाख १० हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी निर्जिवन बीमा समूहको सूचक पनि ३६ दशमलव ७८ अंकले बढेर चार हजार नौ सय ४९ दशमलव ८५ विन्दुमा चढ्दा चार करोड ६१ लाख ४७ हजार छ सय रुपैयाँको सेयर  खरिद बिक्री भएको छ । जीवन बीमा, होटल, फाइनान्स, अन्य र लघुबित्त समूहको सूचकमा पनि आज सुधार आएको छ । 

आज बढी कमाउने कम्पनीको सूचीमा अग्रस्थानमा परेको आईएमई जनरल इन्स्योरेन्स कम्पनीको प्र्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ ३० पैसाले बढेर तीन सय ९७ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा अग्रस्थानमा परेको कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सात रुपैयाँ ४२ पैसाले घटेर सात सय ६० रुपैयाँमा ाकरोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको एनएमबी बैंकको भने प्र्रतिकित्ता तीन सय ५६ रुपैयाँ अन्तिम मुल्यमा चार करोड ४६ लाख ३७ हजार नौ सय ६५ रुपैयाँको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै