Skip This

बुरुन्डीले राष्ट्रसंघीय मानवअधिकार कार्यालय बन्द गर्ने

खरीबोट

बुरुन्डी । बुरुन्डी सरकारले दुई महिनाभित्र बुरुन्डीस्थित आफ्नो कार्यालय बन्द गर्न संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदलाई आदेश दिएको बुरुन्डीको विदेश मन्त्रालयले जनाएको छ ।

सरकारले बुधबार बुरुन्डीका लागि राष्ट्रसंघीय आवासीय संयोजक ग्यारी कोनिलमार्फत मानव अधिकार आयोगका उच्चायुक्तलाई कार्यालय बन्द गर्न सन्देश पठाएको हो ।

“सबै अन्तर्राष्ट्रिय कर्मचारीलाई हटाउन र कार्यालय दुई महिनाभित्र बन्द गर्न भनिएको छ,” नाम बताउन नचाहने विदेश मन्त्रालयको एक उच्च स्रोतले बताए ।

राष्ट्रसंघ स्रोतले पनि उक्त समाचारको पुष्टी गरेको छ । “बुरुन्डी सरकार अन्तर्राष्ट्रिय समुदायप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएको छ,” नाम बताउन नचाहने स्रोतले भन्यो । उक्त निर्णय नोभेम्बरमा गर्नेगरी तय भएको पूर्वी अफ्रिकी शिखर सम्मेलनमा सहभागी हुन बुरुन्डीले अस्वीकार गरेसँगै बाहिर आएको छ ।

बुरुन्डीमा जारी राजनीतिक सङ्कटका विषयमा समेत तान्जानीया सम्मेलनमा छलफल हुने अनुमान गरिएको थियो । राजनीतिक सङ्कट समाधानका लागि भएका धेरैवटा मध्यस्थ वार्ताहरु सरकारले निर्वासनमा रहेका विद्रोही समूहसँग भेट्न अस्वीकार गरेसँगै अन्यौलग्रस्त हुँदै आएका छन् ।

बुरुन्डीको अनुपस्थितिका कारण उक्त सम्मेलन डिसेम्बर २७ का लागि सारिएको छ ।

राष्ट्रपति पियरे एन्कुरुन्जीजाले अप्रिल २०१५ मा तेस्रो पटकका लागि राष्ट्रपतिको उम्मेदवार हुने घोषणा गरेसँगै बुरुन्डीमा राजनीतिक सङ्कट गहिरिएको छ । उक्त घोषणासँगै भड्किएको हिंसाका कारण एक हजार २०० को मृत्यु हुनुका साथै चार लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

सन् २०१६ को अक्टोबर महिनामा बुरुन्डीले राष्ट्रसंघीय मानव अधिकार कार्यालयसँगको सहयोगात्मक सम्बन्ध निलम्बन गरेको थियो । उक्त कार्यालयले तयार पारेको एक प्रतिवेदनमा बुरुन्डीमाथि योजनाबद्ध हिंसा भड्काएको र नरसंहारको खतरा बढाएको आरोप छ ।

यसैवर्ष सेप्टेम्बरमा प्रकाशित आयोगको प्रतिबेदनमा पनि मुलुकमा मानवीय अपराध बढेको अभियोग लगाएपछि बुरुन्डीले मानव अधिकार आयोगबाट पूर्ण अलग हुने चेतावनी दिएको थियो ।

सन् २०१७ मा बुरुन्डीमा जारी यातनाका बारेमा छानबिन गर्न थालेसँगै अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यबाट बुरुन्डी अलगिएको थियो ।

सम्बन्धित समाचार

फक्स न्यूजकी पुर्वपत्रकार हिथर नुअर्ट राष्ट्रसंघमा अमेरिकी राजदूतमा मनोनित हुदै 

वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता हिथर नुअर्टलाई राष्ट्रसंघका लागि भावी अमेरिकी राजदूतमा मनोनयन गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् ।  ह्वाइट हाउसका दुईजना अधिकारीले हिथरको मनोनयन लगभग

बुरुन्डीले राष्ट्रसंघीय मानवअधिकार कार्यालय बन्द गर्ने

बुरुन्डी । बुरुन्डी सरकारले दुई महिनाभित्र बुरुन्डीस्थित आफ्नो कार्यालय बन्द गर्न संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदलाई आदेश दिएको बुरुन्डीको विदेश मन्त्रालयले जनाएको छ । सरकारले बुधबार बुरुन्डीका लागि राष्ट्रसंघीय आवासीय संयोजक

सन् २०१८ मा भूमध्यसागर क्षेत्रमा दुई हजार शरणार्थीको डुबेर मृत्यु : राष्ट्रसंघ

जेनेभा / सन् २०१८ को जनवरीदेखि गत हप्तासम्म भूमध्यसमगर क्षेत्रमा यूरोप जाने क्रममा डुबेर मृत्यु हुने शरणार्थीको सङ्ख्या दुई हजार पुगेको राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।  राष्ट्रसङ्घले भनेको छ मृत्यु हुनेमा आधाभन्दा

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीद्वारा राजीनामा

काठमाडौँ। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले राजीनामा दिएकी छन्। बिबिसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलीको राजीनामा स्वीकृत गरेको  छन्।   साउथ कोरोलिनाकी पुर्व गभर्नर हेलीले आश्चर्यजनकरुपमा राजदुत पदबाट


z