• २०८१ बैशाख ८ शनिबार

जितेन र प्रिति अभिनित भिडियो सार्वजनिक 

kharibot

काठमाडौं । जितेन क्षेत्री र प्रिति अधिकारीको जीवन्त अभिनयमा ‘सफलताले चुमिरहोस’ बोलको सेन्टिमेन्टल गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

चोखो माया र विश्वास घातको कथा समेटिएको गीतमा प्रिति अधिकारीले निभाएको सशक्त भूमिकाले भिडियो थप अर्थपूर्ण बनेको छ ।

गीतका शब्दले व्यक्त गर्न खोजेको भावमा जितेन साँच्चिकै भावुक देखिन्छन । करिव एक दर्जन भिडियोमा अभिनय गरिसकेका जितेन अब छिट्टै नयाँ चलचित्रमा अनुबन्धित समेत हुदैछन । 

कैलाश गुरुङको शब्द, संगित र स्वर रहेको गितको संगित संयोजन भने सन्जय हमालले गरेका हुन । टंक के।सी को छायाँकन र गुरु भोटियाको सम्पादनमा तयार भएको म्युजिक भिडियोको निर्देशन सुन्दर नेपालले गरेका हुन ।

बुधवार सार्वजनिक गरिएको गीतको भिडियोलाई हाईलाईट्स नेपालले बजारमा ल्याएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै