• २०८१ बैशाख ८ शनिबार

इपिएलको ट्रफी सार्वजनिक 

kharibot

काठमाडौँ। यही मङ्सिर २२ गते शनिबारदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ। आज आयोजित कार्यक्रममा एपिएलका ६ टिमका कप्तान र टिम मालिकको उपस्थितिमा यस बर्षको इपिएलको ट्रफी सार्वजनिक गरिएको हो। 

ट्रफी सार्वजनिक कार्यक्रममा ६ टिमका कप्तानहरु विराटनगर वारियर्सका कप्तान पारस खड्का, काठमाडौँ किंग्सका कप्तान सोमपाल कामी, ललितपुर प्याट्रीयट्सका कप्तान ज्ञान्नेद्र मल्ल, चितवन टाइगर्सका कप्तान पृथु बास्कोटा, भैरहवा ग्लाडिएटर्सका कप्तान शरद भेस्वाकर र पोखरा राइनोजका कप्तान कीले कोत्जर उपस्थित थिए। 

विराटनगरका कप्तान पारस खड्काले इपिएल गतबर्ष भन्दा ठुलो भएको र विश्वका प्रतिष्ठित खेलाडी यस बर्ष खेल्न आएकाले यसले नेपाली क्रिकेटलाई ठुलो मद्धत पुग्ने बताए। पारसले आफुहरुको टिम यस पटक पनि राम्रो रहेको जानकारी गराउदै दोस्रो पटक उपाधि जित्ने प्रयास गरे। त्यस्तै पोखराका कप्तान स्कल्याण्डका खेलाडी कोत्जरले आफु नेपाली खेलाडीहरुसंग परिचित हुदै गएको बताउदै नेपालमा क्रिकेटको क्रेज देखेर आफुलाई खुशी लागेको बताए।   

कार्यक्रममा सबै कप्तानले शनिबारदेखि हुने प्रतियोगिताका लागि आफुहरु तयार रहेको भन्दै प्रतियोगितामा आफुले राम्रो प्रदर्शन गर्ने दाबि गरेका छन्। 

आगामी शनिबार देखि हुने प्रतियोगितालाई आइसीसीले मान्याता दिएको छ भने क्रितिपुरस्थित मैदानमा विभिन्न खानाका स्टल, विभिन्न गेमका स्टल सहित मनोरंजनका लागि पूर्ण रुपमा तयार गरेको आयोजकले जानकारी दिएका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै