• २०८१ बैशाख ७ शुक्रबार

शैली थिएटरमा ‘विवाहको प्रस्ताव’

kharibot

काठमाडौं । शैली थिएटरले रुसी साहित्यकार एन्टन चेखोभको  एकांकी नाटक  “विवाहको प्रस्ताव“ (द म्यारिएज प्रपोजल) मन्चन गरेको छ । 

पहिलो चरणमा, रुसी सांस्कृतिक केन्द्रमा बुधबार र बिहीबार मन्चन भएको यो नाटक केही दिनको विश्राम पछि पुनः देखाइने थिएटरले जनाएको छ । बिहेसँग जोडिएको सरल कथावस्तुलाई चेखोभको यस नाटकले  हास्यास्पद अवस्था सृजना गरी सामाजिक चालचलनलाई व्यंग्य गरेको छ । 

सेटमार्फत दृश्यमा देखाइएको वातावरण र भेषभुषाले रुसको झझल्को दिने यस नाटकमा निर्देशकले संगीत र प्रकाशको  सुहाउँदो प्रयोग गरेको पाइन्छ । करिब एक घण्टा लामो यस नाटकलाइ तीनजनाप्रभावकारी कलाकारको स्वाभाविक अभिनय देख्न सकिन्छ ।

एन्टोन चेखोबको यस कृतिलाई सबिन न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन् । देवेन्द्र बब्लुले नवराज बुढाथोकीलाई निर्देशनमा सहयोग गरेको यस नाटकमा लाइभ म्युजिकबाट अमनमाली, सुजन माली र  सुशील मालीले कलाकारको अभिनयलाई अझ आकर्षक बनाएका थिए ।

सौरभ ढकालले प्रकाशको संयोजन र परिचालन गरेका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै