• २०८१ बैशाख ७ शुक्रबार

पुँजी बजारमा देखिएको समस्या पहिचान गर्न अर्थमन्त्रालयले समिति बनायो 

kharibot

काठमाडौँ। सरकारले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न समिति गठन गरेको छ। अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिव राज श्रेष्टको संयोजकत्वमा समिति गठन गर्दै सात दिन भित्र रिपोर्ट पेश गर्न निर्देशन दिएको छ।

धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, शेयर लगानीकर्ता संघका प्रतिनिधि र अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव सदस्य रहेको समिति गठन गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ।

मन्त्रिस्तरीय निर्णयबाट गठन भएको यस समितिले पछिल्लो मुद्रा तथा पुंजी बजारमा देखिएको प्रवृतिहरुको समग्र अध्ययन गरि वित्तीय स्थायित्व कायम गर्न एवं औध्योगित तथा पुँजी बजार क्षेत्रमा लगानीका लागि देखिएका समस्याहरु पहिचान गर्ने कार्यादेश पाएको छ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै