भैसेपाटीमा मन्त्री आवास बनाउने सरकारको निर्णय, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु 

खरीबोट

काठमाडौं । सरकारले ललितपुरको भैसेपाटीमा रहेको सांसद आवासका लागि छुट्टाइएको जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभा उपसभामुख तथा मन्त्रीहरुका लागि २७ वटा आवास भवन बनाउने निर्णय गरेको छ।

गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले सोहि ठाउमा मुख्यमन्त्रीहरुका लागि आवास तथा सम्पर्क कार्यालयका लागि १४ भवन थप बनाउने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिएका छन्। 

साथै सोमबारको मन्त्रीपरिषदले  स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेललाई नियुक्ति गरेको छ । त्यस्तै सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा सिफारिस गर्न तीन सदस्यीय छनोट समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

साथै सरकारले युनिबह्र्सल फेडेरेसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको एक लाख डलरको पुरस्कार राशिमा सोहि बराबरको रकम थप गरेर शान्ति सुशासन, तथा विकासका क्षेत्रमा उल्लेख्य योगदान गरेका प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलाई हौसला प्रदान गर्न प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोषको स्थापना गर्ने निर्णय गरेको छ। 

त्यस्तै सरकारले महाकवी लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्रहालय बनाउने निर्णय गरेको छ। 

सम्बन्धित समाचार

मन्त्रिपरिषदको निर्णय : समाजकल्याण परिषदका पदाधिकारी पदमुक्त 

काठमाडौँ । सरकारले समाजकल्याण परिषद्का पदाधिकारीलाई पदमुक्त गरेको छ । परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य इन्द्रबहादुर झा, गोकर्णप्रसाद भट्ट र सदस्य सचिव डिल्लीप्रसाद भट्टले बदनियतपूर्वक र कानून

मन्त्रिपरिषद् निर्णय : राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय  

काठमाडौँ । सरकारले क्रिकेट, साग, फुटबल एवं वल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप रु एक करोड ५६ लाख प्रदान गर्ने भएको छ ।  यही माघ २५ गते

पानीजहाज कार्यालयको दरबन्दी स्वीकृत

काठमाडौँ । सरकारले नेपाल पानी जहाज कार्यालयका लागि राजपत्राङ्कित प्रथम श्रेणी प्राविधिकतर्फका रजिष्ट्रारको नेतृत्वमा १६ को दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनीयर एक, शाखा

नेपालले विश्व बैंकको थप शेयर किन्ने : नेपालको मताधिकार रहने

काठमाडौँ । नेपाल सरकारले विश्व बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय पुनःनिर्माण तथा विकास कोषको ३०९ कित्ता शेयर थप खरीदको निर्णय गरी आफ्नो मताधिकार सुरक्षित गरेको छ ।  मन्त्रिपरिषद्को यही माघ ३ गतेका प्रमुख


z