• २०८१ बैशाख ४ मंगलबार

भैसेपाटीमा मन्त्री आवास बनाउने सरकारको निर्णय, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु 

kharibot

काठमाडौं । सरकारले ललितपुरको भैसेपाटीमा रहेको सांसद आवासका लागि छुट्टाइएको जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभा उपसभामुख तथा मन्त्रीहरुका लागि २७ वटा आवास भवन बनाउने निर्णय गरेको छ।

गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले सोहि ठाउमा मुख्यमन्त्रीहरुका लागि आवास तथा सम्पर्क कार्यालयका लागि १४ भवन थप बनाउने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिएका छन्। 

साथै सोमबारको मन्त्रीपरिषदले  स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेललाई नियुक्ति गरेको छ । त्यस्तै सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा सिफारिस गर्न तीन सदस्यीय छनोट समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

साथै सरकारले युनिबह्र्सल फेडेरेसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको एक लाख डलरको पुरस्कार राशिमा सोहि बराबरको रकम थप गरेर शान्ति सुशासन, तथा विकासका क्षेत्रमा उल्लेख्य योगदान गरेका प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलाई हौसला प्रदान गर्न प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोषको स्थापना गर्ने निर्णय गरेको छ। 

त्यस्तै सरकारले महाकवी लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्रहालय बनाउने निर्णय गरेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै