सिके राउत पुर्पक्षको लागि जेल चलान

खरीबोट

रौतहट। स्वतन्त्र मधेशको माग गर्दै आएका डा. सिके राउत रौतहट जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि जेल चलान भएका छन्। राउत असोज २१ गते रौतहटको गौरबाट पक्राउ परेका थिए।

बिहीबार जिल्ला न्यायधीश अम्विकाप्रसाद निरौलाको इजलासले उक्त आदेश दिएको हो। पक्राउ परेका राउतलाई थुनामा राखी पुर्पक्ष गर्ने आदेश भएकाले कारागार चलान गरिएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए।

प्रहरीले राउतलाई जिल्ला अदालतबाट फर्कँदै गर्दा पक्राउ गरेको थियो। पुरानो मुद्धाको शिलशिलामा रौतहट स्थित जिल्ला अदालतमा हाजिर हुन आएका बेला उनी पक्राउ परेका थिए।
राज्य विरुद्धको सांगठनिक अपराध कसुर अन्र्तगत पक्राउ गरी अनुशन्धानपछि  प्रहरीले उनलाई अदालतमा पेश गरेको थियो।

सम्बन्धित समाचार

सिके राउत पुर्पक्षको लागि जेल चलान

रौतहट। स्वतन्त्र मधेशको माग गर्दै आएका डा. सिके राउत रौतहट जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि जेल चलान भएका छन्। राउत असोज २१ गते रौतहटको गौरबाट पक्राउ परेका थिए। बिहीबार जिल्ला न्यायधीश

सिके राउत गौरबाट पक्राउ

राैतहट। सिके राउतलाई प्रहरीले रौतहटको सदरमुकाम गौरबाट पक्राउ गरेको छ । अदालतको तारेखमा आएका राउतले अदातलबाट निस्केपछि देश टुक्र्याउने अभिव्यक्ति दिँदै नारा लगाएर हिँडेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ

उच्च अदालतको आदेशमा सिके राउत रिहा 

जनकपुर । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा‍. सिके राउत रिहा भएका छन् । दोस्रो चरणको चुनावका दिनमा जनकपुरस्थित डेराबाट पक्राउ परेका राउतलाई उच्च अदालत जनकपुरले रिहाई आदेश दिएको छ । उच्च

सिके राउतको गाँउ सप्तरीको महदेवामा भोट हाल्न कोहि आएननन्

राजविराज ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महदेवा गाउँपालिकाको आधारभूत विद्यालय मतदान केन्द्रमा आज मतदान हुन सकेन ।  बिहान सात बजेदेखि जिल्लाको अन्य मतदान केन्द्रमा मतदान कार्य शुरु भए पनि साँझ ५ बजेसम्म


z