• २०८१ बैशाख ८ शनिबार

सिके राउत पुर्पक्षको लागि जेल चलान

kharibot

रौतहट। स्वतन्त्र मधेशको माग गर्दै आएका डा. सिके राउत रौतहट जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि जेल चलान भएका छन्। राउत असोज २१ गते रौतहटको गौरबाट पक्राउ परेका थिए।

बिहीबार जिल्ला न्यायधीश अम्विकाप्रसाद निरौलाको इजलासले उक्त आदेश दिएको हो। पक्राउ परेका राउतलाई थुनामा राखी पुर्पक्ष गर्ने आदेश भएकाले कारागार चलान गरिएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए।

प्रहरीले राउतलाई जिल्ला अदालतबाट फर्कँदै गर्दा पक्राउ गरेको थियो। पुरानो मुद्धाको शिलशिलामा रौतहट स्थित जिल्ला अदालतमा हाजिर हुन आएका बेला उनी पक्राउ परेका थिए।
राज्य विरुद्धको सांगठनिक अपराध कसुर अन्र्तगत पक्राउ गरी अनुशन्धानपछि  प्रहरीले उनलाई अदालतमा पेश गरेको थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै