• २०८१ बैशाख ७ शुक्रबार

नागढुङ्गाबाट लागूऔषधसहित एक पक्राउ

kharibot

काठमाडौँ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध रुपमा ल्याएको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 

प्रभागको टोलीले काठमाडौँ महानगरपालिका–२ नागढुङ्गामा गरेको जाँचमा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ६२३१ नम्बरको बसमा आउँदै गरेका काठमाडौँ बौद्धका २० वर्षीय सान्जे शेर्पालाई आज पक्राउ गरेको हो । 

प्रहरीले पक्राउ परेका शेर्पासँग ९३ एम्पुल डाइजेल्याव, ९१ एम्पुल फेनार्गन र ९० एम्पुल नुर्फिन बरामद गरेको छ । पक्राउ शेर्पालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै