• २०८१ बैशाख ८ शनिबार

फाष्ट ट्रयाक र अन्तर्राष्ट्रिय विमानस्थल एक अर्काको परिपुरक : पूर्वप्रधानमंत्री नेपाल

kharibot

बारा। नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले बाराको निजगढमा निर्माणाधीन अवस्थामा रहेको फाष्ट ट्रयाक र अन्तर्राष्टिय विमानस्थल एक अर्काको परिपुरक रहेकाले दुबै योजना एकै साथ सम्पन्न हुँनु पर्ने बताएका छन् । 

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गत पर्यटन तथा नागरिक उड्डयन अध्ययन अनुगमन उपसमितिका संयोजक समेत रहेका नेता नेपालले  अन्तर्राष्ट्रिय विमान स्थल निर्माण क्षेत्रमा पर्ने टाँगियावस्तिलाई बाराको कोल्हवी , सिमरा र निजगढमा स्थानान्तरण गर्न सकिने बताएका हुँन् । 

वरिष्ठ नेता नेपालले वन मासेर वातावरणमा प्रभाव पार्ने हल्ला फैलाएर अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा बाधा अड्चन र षडयन्त्र गर्ने काम भईरहेको बताउँदै विमानस्थल निर्माणका लागी अनावश्यक रुख नकाटिने दाबी गरे । 

उनले पहिलो चरणमा निजगढ अन्तर्राष्ट्रिय विमान स्थलमा एउटा रनवे बनाइँने र निकट भविष्यमा आवश्यक्ता अनुसार ५÷६ वटा रनवे समेत बनाउँन सकिने गरी  यसको व्यवस्थापन गर्न सकिने कुरामा जोड् दिए । 

उनले विमान स्थल निर्माण हुँदा विस्थापित  परिवारलाई रोजगारीको लागि पहिलो प्रार्थमिक्ता दिने कुरामा जोड  दिदै उनले विमानस्थल निर्माण कार्य यथा सिघ्र अघी बढाउँन सरकारलाई आग्रह गर्ने गरी प्रतिवेदन बुझाउँने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक एवंम् वरिष्ठ इन्जिनियर प्रदिप अधिकारीले मुलुकको ८ स्थानमा गरिएको सर्वेक्षणमा निजगढ नैं अन्तर्राष्ट्रिय विमानस्थलको लागी उपयुक्त स्थान रहेको प्रतिवेदन प्रस्तुत गरेका छन् । 

सो अवसरमा नेता नेपाल सहिँतको टोलिले विमानस्थल निर्माण क्षेत्रको पूर्वमा लालबकैया , दक्षिणमा ककडी गाउँ , पश्चिममा दुधौरा खोला र उत्तरमा फास्ट ट्रयाक र बिचमा पर्ने टाँगिया बस्तीको स्थ्लगत अवलोकन गरी स्थानीय बासिन्दाको राय सुझाव समेत लिएको थियो । 

नेता नेपालसँगै समितिका सद्स्य एवंम् सांसद दिव्यमणी राजभण्डारी , शेखचाँद तारा , दिपक प्रसाद भट्ट सहिँत समितिका सचिव सुरज कुमार दुरा , अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका ओम शर्मा , सांसद अनिल झा , उमाकान्त चौधरी , एकवाल मियाँ , सीता गुरुङ्ग , जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा.कृष्ण पौडेल , निजगढका नगरप्रमुख सुरेश खनाल लगायतको सहभागिता रहेको थियो ।

यस अघि आजै सिमरा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेपालले अन्तर्राष्ट्रिय विमान निर्माणका लागी निजगढ र टागिँया वस्ति भन्दा उपयुक्त स्थल कुनै नभएको कुरामा जोड् दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै