• २०८१ बैशाख ७ शुक्रबार

साढे ३३ किलो सुन प्रकरणका आरोपी निलम्बित सई सञ्जेललाई साधारण तारेखमा छाड्ने आदेश

kharibot

विराटनगर। साढे ३३ किलो सुन तस्करी प्रकरण र  सनम शाक्यको हत्याका आरोपी निलम्बित सई बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।  

गएको जेठ ८ गते जिल्ला अदालत मोरङको आदेश उल्ट्याउँदै सञ्जेललाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो । उच्च अदालतका न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको संयुक्त इजलाशले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिँदा तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको उच्च अदालतका रजिष्ट्रार नरायण रेग्मीले जानकारी दिए ।  

जिल्ला अदालत मोरङले सञ्जेललाई आपराधिक समूह स्थापाना गरी सुन चोरीपैठारी तथा चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको चारवटै विषयमा संलग्न रहेको आरोपमा  पुर्पक्षका लागि थुनामा पठाउने  आदेश दिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै