• २०८१ बैशाख ८ शनिबार

बलिवुड गायक मिका सिंह दुबईमा पक्राउ

kharibot

मुम्बई। बलिउडका चर्चित गायक मिका सिंहलाई दुबईको अबुधाबीमा प्रहरीले हिरासतमा लिएको छ । मिका सिंह एक किशोरीले यौन शोषणको आरोपमा पक्राउ परेका हुन् । 

ब्राजिलकी १७ वर्षकी एक किशोरीले उनलाई यौन शोषणको आरोप लगाएकी हुन् । ती युवतीले मिकालाई अश्लिल तस्बिरहरु पठाएको आरोप लगाएकी छिन् ।

मिकालाई दुबईको मुरक्काबात प्रहरी चौकीमा राखिएको छ । उनलाई विहीबार दिउँसो ३ बजे दुबईको एक बारबाट प्रहरीले गिरफ्तार गरेको हो । 

मिका सिंह द मसला अवार्डमा भाग लिन दुबइ पुगेका थिए। मिका सिंह पक्राउ परेको दुबई प्रहरीले पुष्टि समेत गरेको छ। 

मिका सिंह यसअघि पनि कैयौ विवादमा आएका छन्। सन् २०१५ मा एक डाक्टरलाई शो का क्रममा थप्पड हानेका थिए। सो प्रकरणमा अपनी मिका पक्राउ परेका थिए। त्यस्तै सन् २००६ मा राखी सावन्तलाई जन्मदिनको कार्यक्रममा किस गरेपछि विवादमा आएका थिए। त्यस्तै उनी सन् २०१४ मा हिट एण्ड रन मा पनि उनको नाम मुछिएको थियो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै