• २०८१ बैशाख ६ बिहीबार

पौषमा दोस्रो सिमरा औद्योगिक व्यापार मेला हुने

kharibot

बारा। पौष पहिलो साता देखि बाराको सिमरामा दोस्रो औद्योगिक , व्यापार तथा खेलकुद महोत्सवको आयोजना हुने भएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै स्थानीय आयोजक सिमरा फाउण्डेशनले महोत्सवको बारेमा जानकारी दिएको हो । 

यस वर्ष पनि अघिल्लो वर्ष जस्तै औद्योगिक शान्ति नेपाल काठमाण्डौंको मुल आयोजनामा जिल्लाको सिमरा रङ्गशालामा महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । 

आगामी पौष ६ देखि १६ गते सम्म आयोजना हँुन लागेको महोत्सवमा तीन सय बढि स्टल रहँने आयोजक संस्थाले जनाएको छ । अघिल्लो वर्ष आयोजना भएको महोत्सवको पहिलो संस्करणमा करिब ७५ लाखको आर्थिक कारोबार भएकाले यस वर्ष एक करोड भन्दा बढिको कारोबार हुँने अपेक्षा आयोजकको छ । 

महोत्सवबाट बचत भएको रकम सिमरा फाउण्डेशन मार्फत यहाँको शैक्षिक तथा पर्यटकिय वातावरणको विकासमा खर्च गर्ने आयोजकको भनाई छ । अघिल्लो संस्करणमा आठ लाख रुपैयाँ बचत गरेको आयोजकले यस वर्ष त्यस भन्दा बढि बचत हुँने र सामाजिक उद्देश्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा समेत राखेको आयोजक संस्थाका महासचिव शैलेशराज अर्यालले जानकारी दिए । 

मेलामा बारा सहिँत छिमेकी जिल्लाका स्थानीय उत्पादन , बिरगंज–पथलैया औद्योगिक करिडोरका औद्योगिक उत्पादन तथा स्थानीय पहिचान झल्किने स्टललाई प्रार्थमिकतामा राखिने आयोजकले जनाएको छ । 

साथै मेलालाई मनोरञ्जनात्मक बनाउँन प्रत्येक दिन विशेष कलाकारहरुको उपस्थितीमा सांगितिक कार्यक्रम तथा बारा जिल्ला मैं पहिलो पटक म्युजिक व्याण्ड कम्पिटिसन समेत आयोजना हुँने बताईएको छ ।

संयोजक हुसेनको अध्यक्षता तथा पत्रकार सुनिल गाउँलेको सहजीकरणमा सम्पन्न पत्रकार सम्मेलनमा नवदुर्गा युवा क्लबका अध्यक्ष हरि चौधरी , विकासशिल क्बल सिमराका अध्यक्ष दिपक भट्टराई , सिमरा भेट्रानका अध्यक्ष समिर आले , पत्रकार महासंघ बाराका अध्यक्ष कमल उपाध्याय , फाउण्डेशनका सदस्य हिरा बस्नेत , औराहा युवा क्लबका अध्यक्ष त्रिलोकविक्रम शाह लगायत विभिन्न समिति तथा उपसमितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै