• २०८१ बैशाख १३ बिहीबार

भारतको सर्वाधिक न्युज मेकरको टप टेनमा २ बर्षिय तैमुर, प्रधानमन्त्री मोदीलाई दिदैछन् टक्कर

kharibot

काठमाडौँ। बलिवुड अभिनेता सैफअली खान र करिना कपुरका छोरा तैमुर अली खानको लोकप्रियता भारतीय प्रधानमन्त्रीको हाराहारीमा देखिएको छ। आफ्नो सुन्दर तस्बीरका कारण हरेक दिन चर्चामा रहेका तैमुर भारतमा सबै भन्दा चर्चामा रहने पर्सनालिटी अर्थातसर्वाधिक न्युजमेकरमा दशौ स्थानमा ठाउ बनाएर सबैलाई चकित बनाएका छन्। 

याहुले जारी गरेको भारतका चर्चामा आइरहने पर्सनालिटीको सुचीमा टप १० मा परेपछि २ बर्षिय तैमुरको चर्चा फेरी चुलिएको छ। 

याहुले जारी गरेको सुचीमा सर्वाधिक चर्चामा आइरहने व्यक्ति प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् भने दोस्रो स्थानमा राहुल गान्धी रहेका छन्। यस सुचीमा तेस्रो स्थानमा पुर्वप्रधनान्यायाशीश दीपक मिश्र छन् भने चौथो स्थानमा विजय माल्या रहेका छन्। पाचौ स्थानमा नीरव मोदी, छैठौ स्थानमा मिटू अभियान अन्तर्गत यौन शोषणको आरोप लागेका एमजे अकबर रहेका छन्। 

यहि डिसेम्बरमा २ बर्षका पुग्न लागेका तैमुरले आफ्ना सेलिब्रेटी मातापितालाई पनि जितेर देशमा सर्वाधिक चर्चा हुने व्यक्तिको सुचीमा दशौ स्थानमा आएका छन्। 

भारतीय मिडियाले तैमुरलाई यति धेरै कभर गरेको देखिन्छकी अहिले मिडियाआमा तैमुरको नयाँ फोटोको लागि १५ हजारसम्म पर्ने तैमुरका पिता सैफ अली खानले हालै एक कार्यक्रममा बताएका थिए। तैमुरको लोकप्रियतालाई देखेर उनको नाममा भारतमा सफ्ट टोय समेत बजारमा आएको छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै