• २०८१ बैशाख १२ बुधबार

बर्दियाका प्रजिअ रामबहादुर कुरुम्बाङ ‘इन्टेग्रिटी आईडल-२०१८’बाट सम्मानित

kharibot

बर्दिया(गुलरिया) । बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ ‘इन्टेग्रिटी आईडल-२०१८’ बाट सम्मानित भएका छन । एकाउन्टिबिलिटी ल्याबले आयोजना गरेको इन्टेग्रिटी आईडलमा कुरुम्बाङ पपुलर भोटमा सबैभन्दा धेरै मत ल्याई विजेता बनेका हुन । 

काठमाण्डौमा शुक्रबार एकाउन्टिबिलिटी ल्याबले आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका मन्त्री लाल बहादुर पण्डितको उपस्थितिमा आईडलको घोषणा गरिएको हो ।

देशैभरीबाट छनौट भएर आएका पाँच जना मध्येबाट एक जना इमान्दार राष्ट्रसेवकलाई दिईदै आएको यो सम्मानले जनताको घरदैलोमा सरकारी सेवा पुर्‍याएर चर्चामा आएका निडर तथा जनताप्रती जवाफदेही र भ्रष्ट्राचार विरोधीका रुपमा चिनिएका बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ सम्मानित भएका हुन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै