• २०८१ बैशाख १३ बिहीबार

सिरी ए डर्बीमा इन्टर मिलानमाथि युभेन्ट्स विजयी, मोन्डजुकिकले गरे निर्णायक गोल 

kharibot

काठमाडौँ। इटालियन सिरी ए मा युभेन्टसले इन्टर मिलानमाथि जित हासिल गर्दै लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ। गएराती भएको इटालियन डर्बीमा इन्टर मिलानलाई १-० गोल अन्तरले पराजित गर्दै युभेन्टस लिगमा १४औ खेलमा जित हासिल गरेको हो। 

युभेन्टसको जितमा खेलको एक मात्र गोल मारियो मोन्डजुकिकले गरेका थिए। मोन्डजुकिकले खेलको ६६औ मिनेटमा हेड मार्फत गोल गर्दै युभेन्टसलाई जिताएका थिए। 

जितपछि युभेन्टसले दोस्रो स्थानमा रहेको नापोलीमाथि ११ अंकको अग्रता हासिल गरेको छ भने इन्टर मिलान १५ खेलमा २९ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ । युभेन्टस १५ खेलमा १४ जित र एक बराबरीसहित लिगमा अपराजित रहदै ४३ अंक हासिल गरेको छ। 

युभेन्टसको लिगका १५ खेलमा युरोपका उत्कृष्ट ५ लिगमै यो उत्कृष्ट प्रदर्शन रहेको छ भने युभेन्टसको सिरी ए को इतिहासमा अहिले सम्म कै उत्कृष्ट प्रदर्शन रहेको छ। 

युभेन्टसले अब आगामी मंगलबार च्याम्पियन्स लिग अन्तर्गतको समुह चरणको अन्तिम खेल योङ्ग ब्वायजसँग खेल्दै छ। च्याम्पियन्स लिगको अन्तिम १६ मा छनौट भएपनि सो खेल जितेर युभेन्टस समुह प्रथम हुनका लागि यो खेल खेल्ने छ। 

त्यस्तै इन्टर मिलान भने बुधबार च्याम्पियन्स लिग अन्तर्गत पीएसभीसँग खेल्ने छ। समुह बि मा तेस्री स्थानआमा रहेको इन्टरआ लागि अन्तिम १६ मा पुग्नका लागि यो हेल जित्ने पर्ने बाध्यता रहेको छ। इन्टर र टोटनह्यामको बराबरी अंक रहेकाले बार्सिलोना र टोटनह्यामको खेलको नतिजाले पनि इन्टरको अन्तिम १६ को यात्राको टुंगो लाग्ने देखिन्छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै