• २०८१ बैशाख १२ बुधबार

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको पहिलो हार, लिभरपुल शिर्ष स्थानमा उक्लियो 

kharibot

काठमाडौँ। इङलिश प्रिमियर लिगमा म्यानचेस्टर सिटीले यस सिजनमा पहिलो हार बेहोरेको छ। गएराती चेल्सीसँग भएको खेलमा सिटी २-० गोल अन्तरले पराजित भएको हो। 

चेल्सीको जितमा एन गोलो कान्टे र डेभिड लुइजले एक एक गोल गरेका थिए। चेल्सीका लागि कान्टेले खेलको ४५औ मिनेटमा र लुइजले खेलको ७८औ मिनेटमा गोल गरेका थिए।

आफ्ना स्टार खेलाडी सर्जियो अग्युरो बिना खेलेको सिटीले प्रिमियर लिगमा सिजनकै पहिलो हार बेहोरेको हो। साथै सिटीका म्यानेजर पेप गार्डीओलाले प्रिमियरलिगमा सबैभन्दा धेरै चेल्सीसँग तेस्रो हार बेहोरेका छन्। साथै चेल्सीका म्यानेजर सारीको भने पेप गार्डीओलाविरुद्ध यो पहिलो जित हो।

सिटीले पछिल्लो २२ खेलपछि कुनै पनि खेलमा २ गोल खाएको छ। 

यो हारपछि सिटी लिगको दोस्रो स्थानमा झरेको छ। १६ खेलमा ४१ अंकसहित सिटी दोस्रो स्थानमा छ भने लिभरपुल १६ खेलमा ४२ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ। त्यस्तै चेल्सी भने १६ खेलमा ३४ अंकसहित लिगको चौथो स्थानमा रहेको छ। 

गएराती नै बह्येको खेलमा लिभरपुलले बोर्नमाउथलाई ४-० ले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो। लिभरपुलकाल आगि मोहमद सलाहले ह्याट्रिक गरेका थिए।   
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै