• २०८१ बैशाख १२ बुधबार

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम विजयी 

kharibot

काठमाडौँ। इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई पराजित गरेको छ। गएराती भएको खेलमा युनाइटेडले फुलह्यामलाई ४-१ गोल अन्तरले पराजित गरेको हो। 

युनाइटेडको जितमा एशले योङ्ग, माटा, रोमेलु लुकाकु र मार्कश राशफोर्डले एक एक गोल गरेका थिए भने फुलह्यामक लागि एक गोल कमाराले गरेका थिए। 

खेलको ६७औ मिनेटमा फुलह्यामका आन्द्रे फ्रान्क जाम्बोले रातो कार्ड पाएर मैदान छोडेपछि फुलह्याम १० खेलाडीमा सिमित भएको थियो। 

यो जितपछि युनाइटेडका म्यानेजर जोसे मोरिन्होले युनाइटेडका लागि प्रिमियर लिगमा ९२ खेलमा ५०औ जित हासिल गरेका छन्। 

जितपछि युनाइटेडको प्रिमियर लिगमा १६ खेलमा २६ अंक भएको छ भने युनाइटेड लिगको छैठौ स्थानमा रहेको छ। फुलह्याम भने यससिजनमा खेलेका १६ मध्ये ११ खेलमा हार बेहोर्दै ९ अंकसहित लिगको पुछारमा रहेको छ। 

गएराती नै भएको अर्को खेलमा टोटनह्यामले लेस्टर सिटीलाई २-० गोल अन्तरले पराजित गरेको छ। टोटनह्यामको जितमा सन हेंग मिन र डेल अलीले एक एक गोल गरेका थिए। जितपछि टोटनह्याम १६ खेलमा ३६ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ भने लेस्टर १६ खेलमा २२ अंकसहित लिगको नवौ स्थानमा रहेको छ।  
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै