• २०८१ बैशाख ७ शुक्रबार

टोखाको मिलनचोकमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, १ जना घाइते

kharibot

काठमाडौँ।  काठमाडौको टोखा नगरपालिका-६ मिलनचोकमा गएराती पौंने १२ बजे टेलिफोनको पोलमा बा ६५ प ८० ६५ नम्बरको मोटरसाइकल ठोकिदा चालक बसुन्धरा बस्दै आएका गोरखाका २१ वर्षिय सुवास सुर्खेतीको उपचारको क्रममा ग्राण्डी अस्पताल टोखामा राती मृत्यु भएको छ । 

मोटरसाइकलमा पछाडी सवार व्यक्ति भने घाइते भएका छन् । घाइते भएका मोटरसाइकलमा पछाडी सवार गोरखाकै १८ वर्षिय सुदिप सुर्खेतीको सोही अस्पतालमै उपचार भइरहेको छ । मोटरसाइकलमा सवार दुबै जनाले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै