• २०८१ बैशाख १४ शुक्रबार

अस्ट्रेलिया-भारत टेस्ट : भारतले अस्ट्रेलियालाई दियो ३२३ रनको लक्ष्य, लियोनले लिए ६ विकेट 

kharibot

काठमाडौँ। अस्ट्रेलिया भ्रमण रहेको भारतीय क्रिकेट टिमले पहिलो टेस्टको चौथो दिन अस्ट्रेलियालाई ३२३ रनको लक्ष्य दिएको छ। आफ्नो दोस्रो इनिङ्गमा भारत ३०७ रनमा अल आउट भएपछि पहिलो इनिङ्गको १५ रनको बढ्त सहित अस्ट्रेलियाले पहिलो टेस्ट जित्न ३२३ रनको लक्ष्य पाएको हो। 

दोस्रो इनिङ्गमा भारतका लागि चैतेश्वर पुजाराले सर्वाघिक ७१ रन बनाए भने आजिख्य रहानेले ७० रन बनाएका थिए। त्यस्तै केएल राहुलले ४४ रन बनाए भने कप्तान विराट कोहलीले ३४ तथा मुरली विजयले १८ रन बनाए। त्यस्तै अस्ट्रेलियाका बलर नाथन लियोनले दोस्रो इनिङ्गमा ६ विकेट लिए भने मिचेल स्ट्रकले ३ तथा जोश हजेलवूडले एक विकेट लिएका छन्।  

यसअघि तेस्रो दिनको लन्चसम्म अस्ट्रेलियालाई २३५ रनमा अल आउट गर्दै पहिलो इनिङ्गमा १५ रनको अग्रता लिएको थियो।  भारतीय बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रेलियाविरुद्ध १५ रनको अग्रता लिन सफल भएका थिए । 

अस्ट्रेलियाका लागि पहिलो इनिङ्गमा ट्राभीज हेडले सर्वाधिक ७४ रन बनाएर आउट भए भने नाथन नियोनले अविजित २४ रनको योगदान गरे। पहिलो इनिङ्गमा अस्ट्रेलियाका लागि पिटर ह्यान्ड्सकम्बले ३४ रन बनाए। उस्मान ख्वाजाले २८ तथा मार्कस ह्यारिसले २६ रनको योगदान दिएका थिए ।

अस्ट्रेलियाविरुद्ध कसिलो बलिङ्ग गर्दै भारतीय बलर जसप्रित बुम्राह र आर आश्विनले ३-३ विकेट लिए भने इशान्त शर्मा र मोहमद सामीले २-२ विकेट लिएका थिए। 

यसअघि दोस्रो दिन दोस्रो दिन अस्ट्रेलियाले ७  विकेट गुमाएर १९१ रन बनाएको थियो । दोस्रो दिनको खेल भारतीय बलरहरुले आफ्नो नियन्त्रणमा लिएका थिए । 

त्यस्तै टेस्टको पहिलो दिन टस जितेर पहिला ब्याटिंग गरेको भारतले खराब सुरुवात गरेको थियो। भारतका सुरुका ब्याट्सम्यानहरु सस्तैमा आउट भएपछि चैतेश्वर पुजाराले शतकीय पारी खेलेर भारतलाई सम्मानजनक अवस्थामा पुर्याएका छन्। पुजारा १२३ रन बनाएर रन आउट भएपछि खेल सकिएको थियो।

भारतका लागि रोहित शर्माले ३७ रन बनाए भने रिषव पन्त र आर आश्विनले २५-२५ रनको योगदान गरेका थिए। भारतका ओपनर केएल राहुल २ रन र मुरली विजय ११ रन बनाएर आउट भएका थिए। त्यस्तै कप्तान विराट कोहली पनि केवल ३ रन बनाएर आउट भएपछि भारतीय टिम संकटमा परेको थियो।

भारतलाई रोक्न अस्ट्रेलियाका बलरले उत्कृष्ट बलिङ्ग गरेका थिए। अस्ट्रेलियाका लागि मिचेल स्ट्राक, जोश हजेलवूड, पट कमिन्स र नाथन लिओनले २-२ विकेट लिएका थिए।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै