• २०८१ बैशाख १३ बिहीबार

इपिएल : चितवनमाथि ललितपुरको ११ रनको जित, सन्दीपले लिए ३ विकेट 

kharibot

काठमाडौँ।  एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको छ। ललितपुरले दिएको १४४ रनको लक्ष्य पछाएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाएको थियो।  

चितवनका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४१ रन बनाएका थिए। दिपेन्द्रले ४५ बलमा ३ चौका र एक छक्काको मद्धतले ४१ रन बनाएका थिए। त्यस्तै चितवनका लागि कप्तान पृथु बास्कोटाले २६, भिम सार्कीले २१, जर्ज स्कटले अविजित १८ तथा जोन सिम्सनले १३ रन बनाएका थिए। शाहब आलमएल अविजित ५ रङ बनाएका थिए।  

ललितपुरका लागि सन्दीप लामिछानेले ४ ओभरमा २६ रन दिएर ३ महत्वपूर्ण विकेट लिएका थिए। सन्दीपले  चितवनका पउल स्ट्रीरलिङ, जोन सिम्पसन तथा कमल सिंह ऐरीको विकेट लिएका थिए। सन्दीप्को भने इपिएलमा यो अन्तिम खेल हो। सन्दीप अस्ट्रेलियामा जारी बिग बास लिग खेल्न इपिएल छोडेर अब त्यस तर्फ जाने भएका छन्। 

त्यस्तै ललितपुरका लागि सन्नी पटेलले २ विकेट लिए भने गौरव तोमार र ललित राजबंशीले एक एक विकेट लिए।   

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाउदै १४३ रन बनाएको हो। 

ललितपुरका लागि सोनु तामाङले सर्वाधिक ३५ रन बनाए भने सन्दीप जोराले ८ बलमा २५ रन बनाएर ललितपुरलाई सम्मानजनक अवस्थामा पुर्याएका हुन्। सन्दीपले ८ बलमा ३ छक्का र एक चौका हानेका थिए। त्यस्तै गौरव तोमारले ३०, जयकिसन कोसलावालाले २०, सन्नी पटेलले १९ रन बनाएका थिए। त्यस्तै कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लले ३-३ रन बनाएका थिए। 

चितवनका बलर जर्ज स्कटले २ विकेट लिए भने ललितसिंह भण्डारी, कमलसिंह ऐरी र पउल स्ट्रीरलिङले एक एक विकेट लिएका थिए। 

शनिबार भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्ससँग ललितपुर पराजित भएपनि दोस्रो खेलमा जित हासिल गरेको छ। चितवनले भने आफ्नो पहिलो खेलमा पराजय बेहोरेको छ। 

इपिएल अन्तर्गत आजै दोस्रो खेल भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीच एक बजेदेखि हुदै छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै