• २०८१ बैशाख ७ शुक्रबार

वृद्धाश्रमलाई कृषि बैंकद्वारा पौने चार लाखको सामग्री सहयोग 

kharibot

काठमाडौं । कृषि विकास बैंकले भक्तपुरको एक ज्येष्ठ नागरिक आश्रमलाई पौने चार लाखबराबरको भौतिक सामग्री सहयोग गरेको छ ।

गत शुक्रबार सूर्यविनायक भक्तपुरमा सामाजिक सामुदायिक कार्यक्रमअन्तर्गत कृषि विकास बैंक लि. दुधपाटी ¬शाखाबाट सिद्धि स्मृति प्रतिष्ठान तथा सिद्धि शालिग्राम ज्येष्ठ नागरिक आश्रमलाई करिब ३ लाख ८५ हजार बराबरको भौतिक सामग्री सहयोग गरिएको हो । 

जसमा रुम हिटर–६ थान, थ्रमश स्टील बडी–३५ थान, टेलिभिजन–५ थान, स्टीलदराज–४ थान, स्टील र्याक–४ थान र कुर्र्ची–१०० थान रहेका छन् । बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धि ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गरेका थिए । उनले नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताए ।

कृषि विकास बैंक लि. बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख सुदीप कुमार दाहाले बैंकले बालकदेखि वृद्धसम्मको आकर्षणका लागि विभिन्न किसिमका बैकिङ्ग सेवाहरु ल्याएको बताए । आश्रमका अध्यक्ष श्याम सुन्दर धमौडेलले कृषि विकास बैंक लि.ले पुराएको सहयोगको सराहना गरे । 

उक्त कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका प्रवक्ता हिमलाल पौडेल, क्षेत्रीय कार्यालय काठमाडौका शाखा प्रमुख दिलीप श्रेष्ठ, छगेन्द्र आचार्य, बैकिङ्ग कार्यालय सल्लाहाघारी भक्तपुरका प्रबन्धक आमोद यादव, गठाघर भक्तपुरका प्रबन्धक अर्जुन भट्टराई, पूर्वकर्मचारी उद्धव शर्मा लगायत अन्य कर्मचारीको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै