• २०८१ बैशाख १३ बिहीबार

बिग बास लिग खेल्न सन्दीप आज अस्ट्रेलिया जादै 

kharibot

काठमाडाैं। नेपाली युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग खेल्न आज राति अष्ट्रेलियातर्फ प्रस्थान गर्दैछन् ।

काठमाडौँमा जारी एभरेष्ट प्रिमियर लिगमा दुई खेल खेलेर सन्दीप आज अष्ट्रेलिया जान लागेका हुन । दुई खेलमा ५ विकेट लिएका सन्दीपले आजको खेलमा ३ विकेट लिदै ललितपुरलाई जिताउदै खेलको म्यान अफ द म्याच पनि बनेका थिए। 

सन्दीपले बिग बास लिग जस्तो प्रतियोगितामा नेपाली खेलाडी खेल्न पाउनु नै गर्वको विषय रहेको बताउँदै आफू आफ्नो क्षमता अनुसार नै खेल्ने बताए ।

बिग बास लिगमा मेलबर्न स्टारबाट खेल्न लागेका सन्दीप पहिलो नेपाली तथा एसोसिएट खेलाडी समेत बनेका छन्। प्रतियोगिता यहि डिसेम्बर १९ बाट सुरु हुँदै छ। मेल्वर्न स्टारमा वेस्टइन्डिजका स्टार खेलाडी डावेन ब्राभो, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस र एडम जाम्पाजस्ता खेलाडी रहेका छन्। प्रतियोगितामा मेलवर्नले आफ्नो पहिलो खेल डिसेम्बर २२ मा सिड्नी ठण्डरविरुद्ध खेल्दै छ।  

बिग बास लिगको बीचमै सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न त्यस तर्फ जानेछन् भने बंगलादेशबाट फेरी अस्ट्रेलिया फर्केर बिग बास लिग खेल्ने तालिका रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका म्यानेजर रमण शिवाकोटीले जानकारी दिएका छन्। बंगलादेश प्रिमियर लिगमा सन्दीप सिलहेट सिक्सरबाट खेल्ने छन्। बंगलादेश प्रिमियर लिग जनवरी ५ देखि फेब्रुअरी ५ सम्म हुदै छ।  

केही साता अगाडि मात्र यूएईमा भएको टी–१० लिग खेलेर फर्किएका सन्दीपले भारतको इन्डियन प्रिमियर लिग, क्यानडा ग्लोबल टी-२० लिग, क्यरिबियन प्रिमियर लिग र अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै