• २०८१ बैशाख ७ शुक्रबार

इपिएल : भैरहवाले २१६ रन चेज गर्दै पोखरालाई हरायो, रवि इन्दरको शानदार शतक  

kharibot

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग अन्तर्गत आजको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्सले पोखरा राइनोजलाई ४ विकेटले पराजित गरेको छ। पोखराले दिएको २१६ रन पछाएको भैरहवाले रवि इन्दर सिंहको तुफानी शतकको मद्धतले १९.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। 

भैरहवाका लागि भारतीय ब्याट्सम्यान रवि इन्दर सिंहले ६० बलमा १२५ रन बनाएका थिए। रवि इन्दरले आफ्नो इनिङ्गमा १० छक्का र ८ चौका हानेका थिए। यो इपिएलको पहिलो शतक हो। 

भैरहवाका लागि आरिफ सेखले २३, प्रदीप सिंह ऐरीले १४ रेन टेन डोएसचेटले १६ तथा पुनित मेहराले अविजित १८ रन बनाएका थिए। 

पोखराका बलर सुशान भारी, बिक्रम सोब र पउल कोघलिनले २-२ विकेट लिएका थिए।    

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पोखराले रिचार्ड लेभीको तुफानी ब्याटिंगको मद्धतले पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१५ रन बनाएको थियो । 

पोखराका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान लेभीले ३६ बलमा ७ छक्का र ७ चौकाको मद्धतले ७९ रन बनाएका थिए। पोखराका लागि किले कोत्जरले ४७ र सुनिल धमलाले ३८ रनको योगदान दिएका थिए। 

त्यस्तै पोखराका लागि बिनोद भण्डारीले ७ रन बनाए भने पउल कोघलिनले अविजित २० रन बनाए भने राजेश पुलामी मगरले ३ रन  र सौरभ खनालले अविजित ७ रन बनाएका थिए। 

भैरहवाका लागि रेन भान डेसचट, पुनीत महरा, अभिनाश बोहोरा र कृष्ण कार्कीले एक एक विकेट लिएका थिए। 

आजै भएको पहिलो खेलमा ललितपुर प्याट्रीयटर्सले चितवन राइनोजलाई ११ रनले पराजित गरेको छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै