• २०८१ बैशाख ८ शनिबार

फिल्म ‘साइँली’ को ‘नाच माया...’ बोलको गीत सार्वजनिक

kharibot

काठमाडौँ। गायक हेमन्त रानाको स्वरमा रहेको चर्चित गीत ‘साइँली’ नाम सापटी लिएर निर्माण भएको फिल्म ‘साइँली’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘नाच माया...’ बोलको गीत निर्माण टिमले आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । गीतमा गायक हेमन्तले नै स्वर भरेका छन् । उनकै जन्मदिनमा गीत सार्वजनिक गरिएको हो । 
 हर्क साउदको शब्द रहेको गीतमा सुशान्त गौतमको संगीत सुन्न सकिन्छ । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियोमा लिड कलाकारहरु गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई र केनिपा सिंह फिचर्ड छन् । ‘साइँली’ गीतमा झैं फिल्ममा पनि गौरव र मेनुका जोडीको रुपमा प्रस्तुत छन् । 
 
चैत १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । कथा पनि उनकै हो । ‘साइँली’ गीतले बोकेको भावलाई नै फिल्ममा उतारिएको निर्माण टिमको भनाई छ । गीतमा वैदेशिक रोजगारीमा गएका गौरव र गाउँमा घाँसपात गरेर बसेकी मेनुकाको प्रेमभाव प्रस्तुत गरिएको थियो । 

गायक हेमन्त राना र गौरव पहारीले मिलेर फिल्म निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा विशाल गुरुङ र मोहन थापा निर्मातामा छन् । 

बिजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सह-निर्माताको रहेको फिल्मको कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । फिल्ममा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि. कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै